१० आश्विन २०८१ बिहीबार
image/svg+xml

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पुगेर कान्छी छोरी पुष्पा भट्टलाई कक्षा ८ मा भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट भने डोटीको केआईसिँह गाउँपालिका–६ मा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्छिन्।

मुख्यमन्त्रीका छोरी सरकारी विद्यालयमा

हुनेखाने, टाठावाटा र आर्थिक हैसियत भएकाहरुले सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहाने अबश्था रहेको वेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेका छन्। बुधवार बिहान मुख्यमन्त्री त्रिलोचन भट्ट बिद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत आफै उपस्थित भएर धनगढी उपमहानगरपालिका वानं ४ स्थित राष्ट्रिय माध्यमिक बिद्यालयमा दुई छोरीलाई भर्ना गराएका हुन्।

चेपाङ्ग र तामाङ बालबालिकाको मुख्यमन्त्री अभिभावक

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन्। मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ्ग बालक, चेपाङ्ग बालिकालाई विद्यालयमा भर्ना गरेका हुन्।

मुख्यमन्त्री र मन्त्रीसहित प्रदेशसभाका पदाधिकारीको तलब सिफारिस, कसको कति ?

प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित मन्त्री तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सिफारिस गरेको छ।

राजधानी नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानीहरु अन्यत्र नसार्न आग्रह गरेका छन्। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार हेटौंडामा भएको अनौपचारिक भेटमा उनले प्रदेशहरुको अस्थायी राजधानीलाई नै स्थायी गर्न अनुरोध गरेका हुन्।

मुख्यमन्त्री गुरुङबाट २ विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताएका छन्।

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान शनिबार देखि यहाँ सञ्चालन गरेको छ।

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताएका छन्। शिक्षाका माध्यमबाटै समृद्धि हासिल हुने भएकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी सञ्चालन गर्न प्रदेश सरकार लागि परेको उनले बताए।

सहिद वान्तवाको जन्मघरमा मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।

मुख्यमन्त्री र मन्त्रीको सुविधा पारित, कसले के पाउने ?

रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०७४ पारित भएको छ ।

कृषिमा करमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषिमा कर नलिई प्रदेश सरकारले उल्टै सहुलियत दिने बताएका छन्। कृषिमा परनिर्भरता बढ्दै गएकाले कर होइन बिदेश गएकालाई देशमै फर्किने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन्।

मुख्यमन्त्रीको तलब सुविधा तोकियो

सातवटै प्रदेशका मुख्यमन्त्रीलाई राज्यद्वारा दिइने विभिन्न सुविधासहित मासिक तलब ६० हजार ९ सय रुपियाँतोकिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार तयार गरी पठाएको नमुना कानुन मस्यौदामा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीको सेवा सुविधा तोकेर पठाएको हो।

प्रदेश १ को बजेट १ अर्बभन्दा बढी : मुख्यमन्त्री रार्इ

प्रदेश नम्बर १ का मुख्यमन्त्री सेरधन राईले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्। संघीयता कार्यान्वयनमा कर्मचारीको ठूलो हात हुने भन्दै मुख्यमन्त्री राईले जनताका सेवामा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्