१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश १ को बजेट १ अर्बभन्दा बढी : मुख्यमन्त्री रार्इ

तेह्रथुम– प्रदेश नम्बर १ का मुख्यमन्त्री सेरधन राईले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्। संघीयता कार्यान्वयनमा कर्मचारीको ठूलो हात हुने भन्दै मुख्यमन्त्री राईले जनताका सेवामा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन्।

जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै राईले कर्मचारीको पुरानो केन्द्रीकृत सोच र मानसिकताका कारण जनतालाई सेवा लिन समस्या हुने बारेमा ईंगित गर्दै सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न भनेका छन्।

यस्तै जनप्रतिनिधीहरु संगको भेटघाट कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री  राईले चैत मसान्तभित्र प्रदेश सरकारले बजेट ल्याउने समेत बताएका छन्। त्यसका लागि अहिले बजेट निर्माणको काम चलिरहेको उनले बताए। प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्ने तयारी भैरहेको राईले उल्लेख गरे।

चालु आवको ३ महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले १ अर्ब २ करोड रुपैंयाको सीमाभित्र रहेर बजेट ल्याउने मुख्यमन्त्री राईले घोषणा गरे। प्रदेश सरकारले ७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देशीय आयोजनाको रुपमा विकास गर्न प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

मुख्यमन्त्री राई तेह्रथुमलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न म्याङलुङ आएका हुन्। जिल्लामा ९६ प्रतिशत जनसंख्या साक्षर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। 

प्रकाशित: २० चैत्र २०७४ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App