९ आश्विन २०८१ बुधबार
image/svg+xml

रोल्पा सदरमुकाममा बम विष्फाेट

सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ। रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किदा बजार क्षेत्रमा ठुलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो।

कर्मचारी भर्ना राेक्न मुख्यमन्त्री राउतकाे लाेक सेवा आयोगलाई पत्र (पत्रसहित)

संघीय सरकारले कर्मचारी भर्ना गराउन लागेको प्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगसँग उक्त भर्ना रोक्न आग्रह गरेका छन्।

हावाहुरीपीडितलाई डाबरको १० लाख सहयोग

बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालले हावाहुरीपीडितका लागि लाख रुपैयाँ सहयोग दिएको छ। बारा र पर्सामा आएको हावाहुरीपीडितका लागि डाबरले मुख्यमन्त्री राहत कोषमा १० लाख सहयोग गरेको हो।

कर्णाली प्रदेश विकासको भोको छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेश विकासको भोको भएको बताएका छन्। भोको कर्णालीको विकास निर्माणको लागि आवधिक योजना निर्माण गरेर आमुल परिवर्तनको लागि काम गर्न सुरु गरेको उनले बताए। यहाँको विकासको लागि योजना निर्माण गरेर मात्र नहुने भन्दै उनले कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ।

मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ। गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए।

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच आगामी बजेटकाे विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ ।अ

बारा र पर्सा हुन्डरीको बबन्डर

आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ त्यहाँ आइपुगे।

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडामै शल्यक्रिया गराएका छन् ।

प्रदेशमा कर्मचारीका लागि अवसरै अवसर : मुख्यमन्त्री पाेखरेल

उनले प्रदेशमा आएका कर्मचारीहरुलाई क्षमता विकास र आफ्नो दक्षता देखाउने अवसर रहेको बताए। उनले भने, ‘हामीले पारिवारिक वातावरणमा काम गरेका छौं, तपाईलाई समस्या भयो भन्नुस्, त्यसको दायित्व हामी लिन्छौं।’

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता : समेटिएनन् ओलम्पियन जन्माउने खेलहरु

खेलकुद जगतमा कीर्तिमानी खेलाडी दीपक बिष्टलगायत पाँच जना ओलम्पियन सुदूरपश्चिमले जन्माएको छ। राज्यबाट पर्याप्त सुविधा नभएर पनि आफ्नै लगानीमा तेक्वान्दोबाट बिष्ट र निशा रावल ओलम्पियनसम्म पुगे। यसैगरी बिष्णुबहादुर सिंह र डम्मरदत्त भट्टलाई सुदूरपश्चिमले बक्सिङ खेलबाट ओलम्पियन जन्मायो भने भारत्तोलनमा स्वर्गीय भरत साउँद ओलम्पियन बने।

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनसँगै सहकारी क्षेत्रले काम र लगानीमा परिवर्तन ल्याए समृद्धिको सपना पूरा हुने बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरद्वारा आयोजित दुईदिने कार्यशाला गोष्ठीको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उनले सहकारी बचत र ऋण लगानीबाटै माथि उठ्न ढिला गर्न नहुनेमा जोड दिए।

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

‘समाज सुधारमा सय कडा दश सहयोगी’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार साँझ हेटौंडाको एनएस सिनेमा हलमा फिल्म ‘सय कडा दश’ हेरेका छन्। सरकारी अधिकारी र श्रीमति विजयासहित फिल्म हेर्न पुगेका पौडेलले फिल्म हेरिसकेपछि युवाहरूले हेर्नैपर्ने फ्लेभरको फिल्म बनेको बताए। उनले फिल्मले नेपालमा व्याप्त भ्रष्टाचारको विषय उठान गरेकाले युवाका लागि फिल्मले भ्रष्टाचारविरुद्ध अघि बढ्न प्रोत्साहन गर्ने जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्