९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

लागुऔषधसहित तीन युवक पक्राउ

प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो।

कस्तुरीको बिनासहित प्रहरी हवल्दार पक्राउ

प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्।

सिन्धुलीका दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण, जिल्ला अध्यक्ष गम्भीर घाइते

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्।

प्रहरी बन्दाको खुसी (फोटो फिचर)

भरतपुर महानगरको बाईपास रोडमा रहेको जुनियर प्रहरी शिक्षालयमा खुशी साट्नेहरु उपस्थित थिए। शिक्षालयबाट आईतबार दिक्षित भएर ३ सय ५ जना नेपाल प्रहरीको सेवामा प्रवेश गरे। तालिम पुरा गरेर प्रहरी बन्न सफल भएकाहरुले परिवार, आफन्त र साथीभाइसँग खुशी बाँडे।

सेना र प्रहरीमा अझै सामन्ती राजतन्त्रको धङधङी छः पम्फा भुसाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाली सेना र प्रहरीमा राजतन्त्रको धङधङी बाँकी रहेको बताएकी छिन्। आइतबारको प्रतिनिधिसभा बैठकअन्तर्गत विशेष समयमा बोल्दै सांसद भुसालले श्रीमती संघको नाममा सेना र प्रहरीमा अझै पितृ सत्तावादी, सामन्ती राजतन्त्रको धङधङी विद्यमान रहेको बताइन्।

गाँजासहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सिसी क्यामेरा जडानपछि लापरवाही गर्ने घटे

ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइन मिच्ने सवारीचालकहरू सुरुमा त मैले कहाँ लाइन मिचे भनेर झगडा गर्छन्, क्यामेराको फुटेज देखाइदिएपछि हेर्छन् र छक्क पर्छन् अनि खुरुक्क जरिवाना तिरेर जान्छन्।

ड्युटीमै रक्सी पिएपछि गोरखाका एसपीको सरुवा

ड्यूटीको समयमा रक्सी पिएर गैरजिम्मेवार भएको भन्दै गण्डकी प्रदेश प्रहरीको कारवाहीमा परेका गोरखाका प्रहरी प्रमुख भोला रावलको काज सरुवा भएको छ। रावलको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भएको छ भने अपराध महाशाखामा कार्यरत एसपी ओम अधिकारीको गोरखा काज सरुवा भएको छ।

अनुशासनका विषयमा गोरखा प्रहरी प्रमुखलाई कारवाहीको तयारी

गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावललाई आन्तरिक अनुशासनको विषयलाई लिएर कारवाहीको तयारी गरेको छ।

'नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको छ'

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन्।

एसएलआर र एलएमजीसहित विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले संखुवासभाबाट १ नाल एसएलआर राइफल र एक नाल एलएमजी बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट हतियार, १ सय १० राउन्ड गोली, म्यागजिन सहित एक कार्यकर्तालाई पक्राउ गरेको हो।

प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न सकिँदैन–राई

सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा शुसासन समितिको बिहिबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताएका हुन्।

राजपाले गुहार्‍यो मानव अधिकार आयोग

सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी (राजपा) राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ। बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारण जनतामाथि गोली चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्