१० कार्तिक २०८१ शनिबार
image/svg+xml

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।

प्रहरीकाे 'एक्सन': घुमुवा प्रहरी हटाइयो

जिल्ला प्रहरी कार्यालय चितवनले सादा पोशाकमा सूचना सङ्कलनका लागि खटाइएका घुमुवा प्रहरी हटाएको छ। ती प्रहरीमध्ये कतिपयले पदको दुरुपयोग गरेको गुनासो बढेपछि छुट्टै विभागको गठन गरेर घुमुवा हटाइएको हो।

मधेसकै सांसदले भनेः प्रदेश प्रहरी केन्द्र मातहत हुनुपर्छ

प्रतिनिधिसभाका सांसदहरुले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बेएल्सामा प्रहरी चौकी आक्रमण, चार प्रहरी मारिए

बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ।

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

प्रहरीले दुई सय २० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित दुई सय २० केजी गाँजा बरामद गरेको छ।

प्रहरीलाई पाँच सय घुस दिएको आरोपमा एक पक्राउ

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सशस्त्रका चार पूर्वआईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाए

भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन्।

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीलाई चेकजाँचको क्रममा घुस दिन खोज्ने महोत्तरी गाउँपालिका २ बस्ने २५ वर्षीय रितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

पहिरो हटाउन प्रहरी परिचालन

वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम शुरु भएपछि पन्छाउनका लागि प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरीचौकी जुगेडीमार्फत प्रहरीको टोली खटाइएको हो।

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

सर्लाहीको बाँके जङ्गल खण्डमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा अवरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको र अर्का एक घाईते भएको स्थानीयले दाबी गरेका छन्।

जीप दुर्घटनामा चालकको मृत्यु

आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दंगीशरण–७, श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दंगीशरण–७, रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

गाडी नालामा खस्दा ११ घाइते

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ५३०१ नम्बरको गाडी अनियन्त्रित भई नालामा खसेको सिन्धुली प्रहरीले जनाएको छ।

सुरक्षा संयन्त्रमा समन्वय

सशस्त्रले अहिले आएर फेरि अनुसन्धानको अधिकारसमेत आफैंले लिन खोजेको देखिन्छ । यो अवस्थामा नेपाल प्रहरीको मूलभूत जिम्मेवारीका रूपमा रहेको अपराध–अनुसन्धानको काम सशस्त्र प्रहरीलाई दिँदा प्रहरी संगठनको औचित्यमाथि नै प्रश्न उठ्नेछ । त्यसैले सरकारले सशस्त्रलाई अपराध–अनुसन्धानको जिम्मेवारी दिने गल्ती कदापि पनि गर्नुहुँदैन ।

‘धर्तीमाता’ को खोजीमा प्रहरी परिचालन

सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ। बुटवलबाट काठमाडौं आएकी धर्तीमाता भनिने विष्णु कुँवरले सार्वजनिकस्थलमै बोक्सी भगाउने नाममा एक युवतीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले तदारुकता देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्