काठमाडौं– भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी) ले सफाइ पाएका छन्।
सोमबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो।
सामान ढुवानीको क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुबिरुद्ध मुद्दा दायर गरेको थियो।
प्रकाशित: १६ असार २०७६ ०९:२१ सोमबार