८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

काठमाडौं–प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला पाल्पा तानसेन नगरपालिका–१४ घर भई काठमाण्डौ बनस्थली बस्ने ४२ वर्षे श्रीधर न्यौपाने रहेका छन्। प्रहरीको चेकजाँचका क्रममा काठमाडौं महानगरपालिका १४ स्युचाटारमा उनले प्रहरीलाई ५०० रुपैयाँ घुस दिने प्रयास गरेका थिए।

मंगलबार बेलुकी बा.८६ प ८०८७ नम्बरको स्कुटीमा सवार उनको चेकजाँचको क्रममा कागजपत्र नभएकोले कारबाही गर्न खोज्दा श्रीधरले प्रहरीलाई नगद ५ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए। उनलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७६ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App