९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्। उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उनले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गरेका हुन्। डिआइजी शाहले भने, ‘हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन? राज्यभन्दा ऊ ठूलो भयो? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाई हामी सचेत हुन जरुरी छ।’

थुनुवा फरार प्रकरण: असईसहित तीन प्रहरी निलम्बित

सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।

कुशासन भुक्तभोगीको कैरन

निजी क्षेत्रले असुल्ने बिमाको रकमसमेत आगामी ६ महिनाका लागि तिरेको छँदाछँदै त्यसमा खप्टेर अर्को एक वर्षको बिमा शुल्क तिराउन लाउने यो कस्तो समाजवादउन्मुख कर नीति हो ?

एक वर्षमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा

प्रदेश नं. ५ मा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने करिब साढे दुइ लाख सवारी साधन कारबाहीमा परेका छन।

वन्यजन्तु तस्करीको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।

सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडौंका विभिन्न स्थानमा महिलाहरुको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ। विगत केही समययता काठमाडाैंका विभिन्न स्थानहरुमा मोटरसाइकलमा आएका व्यक्तिहरुले महिलाहरुको घाँटीबाटै सुनका सिक्री लुटी फरार हुने क्रम बढेको थियो।

कारमा लागुऔषध ओसार्ने दुई पक्राउ

प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्। दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

विप्लव समूहका गतिविधिलाई लक्षित गर्दै सशस्त्र प्रहरी महानिरीक्षकले सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।

यात्रु ठग्ने साढे १२ हजार ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार सात सय ४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ।

डिएसपीसहित २ सय ८० प्रहरी कारबाहीमा

आचरणविपरीत काम गरेको अभियोगमा प्रदेश २ का विभिन्न तहका दुई सय ८० जना प्रहरी विभागीय कारबाहीमा परेका छन्।

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ।

रुद्राक्षको दानामा लगाएको प्लाष्टिकको क्लीप प्रहरीले हटायो

ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लीप प्रहरीले  हटाएको छ।  ठेकेदारले किसानबाट बगान खरिद गरि आफूखुसी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लीप हटाएको हो।

अटोमा गाँजा ओसार्ने तीन युवक पक्राउ

अटोमा लागुऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित तीन युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा ११, थानाभर्याङबाट पक्राउ परेका उनीहरुलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्