९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नक्कली प्रहरी पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो।

केन्द्र र प्रदेश प्रहरीले समन्वय गर्नुपर्ने

नेपाल प्रहरी र प्रदेश प्रहरीले अपराध नियनत्रणमा एक आपसमा आवश्यकताअनुसार समन्वय गर्नुपर्ने व्यवस्था राखिएको छ।

लेन अनुशासन नमान्ने धेरै

ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘हतारका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,’ उनले भने।

‘अपहरणकारीलाई जोगाउन पीडित उपर नै मुद्दा’

पर्सा प्रहरीले अपहरणकारीलाई जोगाउनका निम्ति अपहरणमा परेका युवालाई नै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पीडितका परिवारजनले आरोप लगाएका छन्। अपहरणकारीको कब्जाबाट फुत्किएर आफैं प्रहरीकहाँ पुगेका उपनेश चौरसियालाई प्रहीले फसाउन खोजेको उनका पिता जंगबहादुर चौरसिया, आमा सौखरानी देवी र परिवारका अन्य सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै आरोप लगाए।

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

प्रहरीका असईलाई 'इन्काउन्टर' गर्ने विप्लव समूहकाे चेतावनी

नेत्रविक्रम चन्द विप्लव समूहकाे जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ।

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

एउटा गाडी भारतमा चोरी भयो भनी बिमाको रकम उठाएर नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर कार चलाइरहेको पनि भेटियो।

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

२४ लाखभन्दा बढी राजस्व संकलन

अस्थायी ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले २४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा वर्षभरी कारबाहीमा परेका विभिन्न साना–ठूला सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो।

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार

हङकङमा लोकतन्त्र पक्षधर प्रहरीबीच आइतबार झडप भएको छ। प्रहरीले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। केही सातादेखि हङकङमा जारी प्रदर्शनकै बीच आइतबार दोस्रो पटक हिंसात्मक झडप भएको बताइएको छ।

प्रदेश प्रहरी प्रमुखलाई महानिरीक्षक भन्ने प्रस्तावले विवाद

विभिन्न सात प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) नै राख्ने विधेयकमा प्रस्ताव गरिएको छ।

खाेटाङका सिडिओ र प्रहरीविरुद्ध उजुरी

खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अमानवीय व्यवहार, कुटपिट तथा यातनासम्बन्धी उजुरी परेको छ।

एसपी ‘कोइराला’को भव्य बिदाइ

बर्दिया बसाइका क्रममा जनताको मन जित्न सफल एसपी कोइरालाको बिदाइमा सर्वसाधारणको उपस्थिति भव्य रह्यो।

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्