९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दुई भारतीयसहित तीन गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दुई भारतीयसहित तीन गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय नम्बरका सवारी साधनहरु राजस्व छली पर्सामा अवैध रुपमा चलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय गाडी डब्लुबिडी ९६६८ र पिबी२२ एन१५२७ नम्बरको गाडी नियत्रणमा लिएको हो।

प्रदेश प्रहरीको सुपरीवेक्षण प्रजिअ र नेपाल प्रहरीले गर्ने

प्रदेश प्रहरी परिचालन गर्दा प्रमुख जिल्ला अधिकारीले प्रदेशको आन्तरिक मामिलासम्बन्धी विषय हेर्ने मन्त्रालयको सामान्य निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्नेछ। प्रदेश प्रहरीमा रहने पदनाम, पदसोपान तथा दज्र्यानी चिह्न नेपाल सरकारले तोकेबमोजिम हुनेछ।

आर्थिक अपराधका घटना बढे

प्रहरीले जिम्मा लगाएका विकास र महमदको बयानबाट व्यवसायी सञ्जीवलाई पक्राउ गरी अनुसन्धान थालेर राजस्व कार्यालयले मुद्दा दायर गरेको थियो।

सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ

सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

खनाल उत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी सहायक निरिक्षक दुर्गा खनाललाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

भारतीय खसीसहित चार पक्राउ

भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

डण्डाबाट राजश्व असुली ६ गुणा

सशस्त्र प्रहरी बल नेपाल ३८ नं. गुल्म (डण्डा) रुपन्देहीले राजश्व संकलनमा ६ गुणा वृद्धि गरेको छ। पश्चिम नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राजश्व भन्सार सुरक्षा गुल्मले सिमा नाकामा चोरी तस्करीलाई नियन्त्रण गर्ने उद्देश्य अवैध सामान नियन्त्रण गरी राजश्व असुली ६ गुण वृद्धि गरेको हो।

अफगानिस्तानमा चार प्रहरीसहित ६ जना मारिए

पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ। यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ।

प्रहरीलाई चिनियाँ भाषा पढाइँदै (फोटो फिचर)

नेपाल प्रहरीका कर्मचारीलाई चिनियाँ भाषा पढाउन थालिएको छ। सरकारको ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन प्रहरी कर्मचारीलाई चिनियाँ भाषा पढाइएको हो।

३५ सय घुससहित असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले घुस सहित एक जना प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। रुपन्देहीको ओमसतीयास्थित चनौदी बगाहा प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापालाई स्थानीय व्यापारीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।

लोकसेवाको परीक्षा बिथोल्न खोजेको आरोपमा चार पक्राउ

लोकसेवा आयोगको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चारजनालाई पक्राउ गरेको छ।

बलात्कार आरोपमा प्रहरी पक्राउ

रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटेलमा युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

यातायातमा देखिएको गुण्डागर्दीको अन्त्य हुनैपर्छ- सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्