७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बन्दुकसहित दुई पक्राउ

प्रहरीले बरामद गरेको भरुवा बन्दुक। तस्बिरः नागरिक

सिरहा– सिरहा प्रहरीले बन्दुकसहित दुई युवकलाई कल्याणपुर नगरपालिका–११, प्रचिलवा टोलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका १९ वर्षीय मनिष मण्डल र वडा नम्बर ३ का २४ वर्षीय जाकिर मन्सुरी छन्।

बिआर ३२ क्यु १३८० नम्बर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा अवैध हतियार बोकेर घुमफिर गरिरहेको सूचना पछ्याउँदै पुगेको प्रहरीले मण्डल र मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए।

बरामद बन्दुक फलामको भरुवा बन्दुक रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App