किसानको गाँस खोस्दै निशेधाज्ञा
खेतमा खेतमा लहलह गहुँ पाकेको देख्दा राजापुरका किसान राम लखन चौधरीको परिवार यतिखेर वेचैन हुन्छ। खेतमा पाकेको गहुँ बोक्ने बेलामा थारूको परिवारमाथि चिन्ताको वादल मडारिइरहेको छ। केहि दिन यस्तै अवस्था रहे गहुँबाली भित्राउँन नसकिने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।