जुम्ली किसानको रोजाइ बन्दै गाजर खेती
जुम्ला पातारासी गाउँपालिका ६ का लालबहादुर बुढा गाजर खेती उत्पादक किसान हुन्। उनको बारी अहिले गाजरमय छन्। उनी गाजरको गाना बेच्छन्। बीउ उत्पादन गरेर पनि बेच्छन्। गाजरको खानाभन्दा बीउ बेच्दा बढी फाइदा हुने गरेको उनले बताए।