१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेरि आन्दोलन गर्ने उखु किसानको चेतावनी

फाइल तस्बिर

उधारो उखुको बक्यौता रकम दिलाइदिन माग गर्दै राजधानी आएका किसानले भदौ ५ सम्म रकम नपाए आन्दोलन गर्ने घोषणा गरेका छन्। उनीहरूले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गरे।

उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरूले विगतमा भएको सहमति पालना नभएको भन्दै भदौ ५ सम्मको समय दिएका छन्। उखु किसान संघर्ष समिति र उद्योग मन्त्रालयबीच गत वर्ष भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ। सरकारले बक्यौता भुक्तानी दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए पनि रकम नपाएको उनीहरूको गुनासो छ।

गत वर्ष मंसिरदेखि पुससम्म राजधानीमा गरेको आन्दोलनबाट करिब साढे ३३ करोड रूपैयाँ उठे पनि अझै ४१ करोड बक्यौता रहेको किसानले बताएका छन्। उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायका अनुसार ४१ करोड रूपैयाँ बक्यौता छ।  

संघर्ष समितिका अनुसार सर्लाहीका किसानको महालक्ष्मी सुगर मिलबाट १२ करोड रूपैयाँ र अन्नपूर्ण सुगर मिलबाट १२ करोड भुक्तानी पाउन बाँकी छ। त्यस्तै, रौतहटको श्रीराम सुगर मिलसँग तीन करोड १४ करोड बक्यौता छ। नवलपरासीको लुम्बिनी चिनी मिलको तीन करोड, इन्दिरा सुगर मिलको चार करोड र वाग्मती खाँडसरी चिनी मिलको ५० लाख बक्यौता छ। सरकारले प्रतिक्विन्टल ४ सय ७१ रूपैयाँका दरले उद्योगले किसानलाई भुक्तानी दिनुपर्ने गरी उखुको समर्थन मूल्य तोके पनि नियम अनुसार भुक्तानी नपाएको किसानको गुनासो छ। 

प्रकाशित: १५ श्रावण २०७८ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App