स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा
तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरेका थिए।