६ आश्विन २०८१ आइतबार
image/svg+xml

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ।

सरकारमा हुँदा सबैका पक्षमा काम गरेका छौँ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

सभामुख सापकोटाविरुद्ध किन उभियो एमाले?

सभामुखमा अग्निप्रसाद सापकोटालाई ल्याइएलगत्तै तत्कालीन नेकपा अध्यक्ष ओलीले संसद्लाई असहयोग गर्न थालेका थिए। त्यतिबेला ओली प्रधानमन्त्रीसमेत थिए। ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा पनि अनुपस्थित हुन थाले। त्यतिबेलादेखि नै ओली र सापकोटाबीचको दुरी बढ्न थालेको हो।

संवैधानिक निकायमा नियुक्ति मुद्दाः काम थालेको एक वर्षपछि सुनुवाइ सुरु

ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्चमा परेको मुद्दामा एक वर्षपछि शुक्रबार सुनुवाइ सुरु भएको छ ।

हामी एक्लै चुनाव जित्छौंः ओली

‘गठबन्धन दलहरूलाई एक्लाएक्लै चुनावमा गए एमालेले कर्‍याककुरुक बनाउनेछ। एक्लाएक्लै आए भने त कर्‍याकमर्‍याक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्‍याककुरुक बनाउँछौं’, ओलीले भने।

जनताका समस्या समाधान गर्ने पार्टी एमाले हो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन्।

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

जंगे प्रचण्ड र माधव अहिले बुंगे भएः ओली

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाले नेपालमा गोरु ब्याएको टिप्पणी गरे। ‘पहिले पहिले गोरु ब्याउँदैन भनिन्थ्यो, तर सर्वोच्चको फैसलापछि नेपालमा गोरु ब्याउँदैन होईन, पाँच–पाँच वटा बाच्छा पायो,उनले भने।

चुनाव चिन्ह हरियो स्वीकार्य छैन, रातो बनाउनुपर्छ: ओली

ओलीले हरियो चिन्ह हुँदैमा रुख नव्यूँतने भए पनि आफूहरूलाई हरियो चिन्ह मान्य नरहेको स्पष्ट पारे। ‘काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछ‘ उनले भने, 'हरियो चिन्ह हामीलाई मान्य छैन चुनाव चिन्ह रातो बनाउनुपर्छ।’

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

आजको लडाई जनादेश र परमादेशी बीचको होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लडाई जनादेशी र परमादेशी बीचको भएको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘आजको लडाई जनादेशी र परमादेशी बीच छ।’

परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप

मानव अधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले आफ्नो पालामा रूखको पात ओइलिएर खस्दा पनि ओली सरकारले गर्दा खसेको भन्दै रोइकराइ गर्नेहरू अहिले अर्थतन्त्र ध्वस्त हुँदा र परराष्ट्र सम्बन्ध बिग्रिँदा पनि चुपचाप बसेको आरोप लगाएका हुन्।

प्रदेश नं १ को नाम कोसी राख्न ओलीकाे सुझाव

प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन्।

एमसिसी अनुमोदनमा एमालेको समर्थन

‘संसद्बाट अनुमोदन भइसकेको एमसिसी राष्ट्रहित अनुकूल हुनेगरी कार्यान्वयन हुनुपर्दछ। पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’, एमालेले भनेको छ।

एमसीसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्