८ वैशाख २०८१ शनिबार
राजनीति

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ।

पार्टी विभाजन यता दुई नेताबीच अहिलेसम्मै आरोपप्रत्यारोप चल्दै आएको हो। यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ। शनिबार यी दुई नेताले फरकफरक कार्यक्रममा एकले अर्कोलाई घोचपेच गर्ने, आरोप–प्रत्यारोप गर्ने क्रमलाई निरन्तरता दिए।

एमाले अध्यक्ष ओली काठमाडौँमा नेपालप्रति आक्रामक बनिरहँदा माधव नेपाल भने गोरखा पुगेर ओलीमाथि खनिएका थिए। नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई ओलीले संसद्बाट हुबहु अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको दाबी गरेका थिए।

तर त्यही बेला ओलीले भने माधव नेपालले एमालेलाई दागी बनाउन खोज्दा आफूहरूले जोगाएको दाबी गरेका थिए। हरेक सार्वजनिक कार्यक्रममा यी दुई नेता आफूलाई केन्द्रमा राख्दै आरोपप्रत्यरोपमा उत्रिने गरेका छन्। एमालेका अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई सार्वजनिक रूपमा व्यक्तिगत गाली गर्दै आएका छन्।

नेपालले पनि व्यक्तिगत गालीकै रूपमा जवाफ फर्काउने गरेका छन्। एमाले अध्यक्ष ओलीले शनिबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै २० वर्षअघि भएको राजदबार हत्याकाण्डमा दीपेन्द्रलाई हत्यारा साबित गर्न बनेको छानबिन समितिमा बसेर नेता नेपालले एमालेलाई बिटुल्याउन खोजेको आरोप लगाए।

ओलीले नेपालप्रति लक्षित गर्दै सो छानबिन समितिमा नेपाल बस्न रहर गरेको तर आफूहरूले विरोध गरेको बताए। आफूहरूको विरोधकै कारण नेपाल पछि हटेको ओलीको भनाइ थियो। उनले नेता नेपालकै कारण एमाले बिग्रन लागेको तर आफूहरूले बिग्रन नदिएको अभिव्यक्ति दिए। ओलीको निष्कर्ष माधव नेपालकै कारण पार्टी बिग्रेको भन्ने छ।

‘अनेक नाटक गरिएको थियो। कसैले त्यसबेला प्रश्नसमेत उठाउन नसकेको अवस्था थियो,’ ओलीले भने, ‘दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरू रहस्यकै गर्तमा रहे। राजदबार हत्याकाण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास भएको थियो तर त्यसलाई रोकेर माधव नेपालको रहर पूरा हुन दिइएन।’

राजदबार हत्याकाण्डमा दीपेन्द्रले बुवाआमा र भाइबहिनी मारेको प्लट बनाइएको थियो। ‘दुनियाँ त्यसको पछि कुद्यो र अन्तर्राष्ट्रिय समुदाय पनि कतिपयले बुझे तर केही भनेनन्। त्यही कुरा स्थापित भयो। छानबिन समितिमा माधव नेपालले पनि बस्ने रहर गरेका थिए, बसेका पनि थिए तर हामीले हटाइदियौं,’ ओलीले भने।

सो कार्यक्रममा ओलीले मदन आश्रितको दुर्घटनामा निधनपछि पार्टीले मदन–आश्रित स्मृति प्रतिष्ठान बनाएको तर त्यसलाई व्यक्तिको मागिखाने भाँडो बनाइएपछि मदन भण्डारी फाउन्डेसन खोलिएको दाबी गरेका थिए। एमाले अध्यक्ष ओलीले माधव नेपालप्रति सो आरोप लगाइरहँदा उता गोरखामा नेकपा एसका अध्यक्ष नेपालले पनि ओलीले एमसिसी जस्ताको तस्तै पास गराउन खोजेको त्यसलाई आफूहरूले रोकेको बताए।

‘हामीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरायौं, जुन देशको हितमा छ,’ नेपालले भने। उनले गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा संसद्को घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा लागु गर्न बाध्यकारी हुने दाबी गरेका थिए। उनले केपी ओलीको पालामा नेपाललाई इन्डो–प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरूले त्यसलाई सच्याएको दाबी गरे। ‘केपी ओलीका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गएको बेला एमसिसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो। हामीले हुन्न भन्यौं। हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भन्यौं,’ नेपालले भने।

नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाउने बताउँदै एमालेका अध्यक्ष ओलीको अहंकार बढी भएको समेत बताए। नेपालले ओलीकै कारण संविधानमाथि प्रहार भएको, ओली एक्लैले पार्टीलाई अप्ठेरो अवस्थामा पुर्‍याएको र कम्युनिस्ट आन्दोलनलाई धराशयी बनाएको आरोप लगाउने गरेका छन्।

नेपालले ओलीलाई गणतन्त्रविरोधी, संविधानमाथि प्रहार गर्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति नै राज्यशक्तिका रूपमा उदाउन खोजेको आरोप लगाउने गरेका छन्। एमाले अध्यक्ष ओलीले शनिबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै २० वर्षअघि भएको राजदबार हत्याकाण्डमा दीपेन्द्रलाई हत्यारा साबित गर्न बनेको छानबिन समितिमा बसेर नेता नेपालले एमालेलाई बिटुल्याउन खोजेको आरोप लगाए।

ओलीले नेपालप्रति लक्षित गर्दै सो छानबिन समितिमा नेपाल बस्न रहर गरेको तर आफूहरूले विरोध गरेको बताए। आफूहरूको विरोधकै कारण नेपाल पछि हटेको ओलीको भनाइ थियो। उनले नेता नेपालकै कारण एमाले बिग्रन लागेको तर आफूहरूले बिग्रन नदिएको अभिव्यक्ति दिए। ओलीको निष्कर्ष माधव नेपालकै कारण पार्टी बिग्रेको भन्ने छ।

‘अनेक नाटक गरिएको थियो। कसैले त्यसबेला प्रश्नसमेत उठाउन नसकेको अवस्था थियो,’ ओलीले भने, ‘दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरू रहस्यकै गर्तमा रहे। राजदबार हत्याकाण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास भएको थियो तर त्यसलाई रोकेर माधव नेपालको रहर पूरा हुन दिइएन।’

राजदबार हत्याकाण्डमा दीपेन्द्रले बुवाआमा र भाइबहिनी मारेको प्लट बनाइएको थियो। ‘दुनियाँ त्यसको पछि कुद्यो र अन्तर्राष्ट्रिय समुदाय पनि कतिपयले बुझे तर केही भनेनन्। त्यही कुरा स्थापित भयो। छानबिन समितिमा माधव नेपालले पनि बस्ने रहर गरेका थिए, बसेका पनि थिए तर हामीले हटाइदियौं,’ ओलीले भने।

सो कार्यक्रममा ओलीले मदन आश्रितको दुर्घटनामा निधनपछि पार्टीले मदन–आश्रित स्मृति प्रतिष्ठान बनाएको तर त्यसलाई व्यक्तिको मागिखाने भाँडो बनाइएपछि मदन भण्डारी फाउन्डेसन खोलिएको दाबी गरेका थिए। एमाले अध्यक्ष ओलीले माधव नेपालप्रति सो आरोप लगाइरहँदा उता गोरखामा नेकपा एसका अध्यक्ष नेपालले पनि ओलीले एमसिसी जस्ताको तस्तै पास गराउन खोजेको त्यसलाई आफूहरूले रोकेको बताए।

‘हामीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरायौं, जुन देशको हितमा छ,’ नेपालले भने। उनले गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा संसद्को घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा लागु गर्न बाध्यकारी हुने दाबी गरेका थिए। उनले केपी ओलीको पालामा नेपाललाई इन्डो–प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरूले त्यसलाई सच्याएको दाबी गरे।

‘केपी ओलीका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गएको बेला एमसिसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो। हामीले हुन्न भन्यौं। हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भन्यौं,’ नेपालले भने। नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाउने बताउँदै एमालेका अध्यक्ष ओलीको अहंकार बढी भएको समेत बताए।

नेपालले ओलीकै कारण संविधानमाथि प्रहार भएको, ओली एक्लैले पार्टीलाई अप्ठेरो अवस्थामा पुर्‍याएको र कम्युनिस्ट आन्दोलनलाई धराशयी बनाएको आरोप लगाउने गरेका छन्। नेपालले ओलीलाई गणतन्त्रविरोधी, संविधानमाथि प्रहार गर्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति नै राज्यशक्तिका रूपमा उदाउन खोजेको आरोप लगाउने गरेका छन्।

प्रकाशित: ६ चैत्र २०७८ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App