५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

चरेससहित दुई भारतीय पक्राउ

अवैध लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेचोकबाट २५ किलो चरेससहित पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

एक किलो चरेससहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार विहान ११ बजेतिर वीरेन्द्रनगर–१० को दीपचन्द्र होटलको तेस्रो तलामा रहेको १०६ कोठा नम्वरबाट एक किलो ९ सय ३० ग्राम चरेससहित वीरेन्द्रनगर–१२ का ५३ वर्षीया तुलसा शाही, जुम्लाको तातोपानी गाउँपालिका–७ का ४९ वर्षीय नैन शाही र जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ का ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले जानकारी दिए।

लागुऔषध चरेससहित पक्राउ

लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५८ किलो चरेस बरामद, तीन महिलासहित ५ जना पक्राउ

भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले गुलरिया भन्सार सडकबाट ५८ किलो चरेस बरामद गरेको छ। सहजै तरिकाले मूख्य सडक प्रयोग लैजाने क्रममा पहिलो पटक भारी मात्र चरेस बरामद गर्न सफल भएको प्रहरीले दाबी गरेको छ।

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

साढे ८ किलो चरेससहित दुई पक्राउ

सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

साढे छ सय किलो लागुऔषधसहित सुकमाया पक्राउ

चरेस बनाउने कारखाना नै सञ्चालनमा भइरहेको सुराकीपछि गजुरी–७ पेटारका सुकमान तामाङको घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद भएको हो ।

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ।

एक क्वीन्टल बढी चरेस बरामद, दुई जना पक्राउ

धादिङ्ग प्रहरीले एक क्वीन्टल बढी चरेस बरामद गरेको छ। काठमाडौंबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट प्रहरीले १ सय ५ किलो चरेस बरामद गरेको हो ।

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ।

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

लागु औषध खैरो हेरोइन र चरेससहित कपिलवस्तुमा आइतवार दिउँसो एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले भारतको उत्तर प्रदेश था ना सोहोरतगढका २७ बर्षे मुकेश चौरसियालाई बुद्धभुमनी नगरपालिका २ गोरुसिंगे बजार नजिकबाट ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेससहित पक्राउ गरको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्