११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चीनमा भारी वर्षा, पाँचको मृत्यु, हजारौं फसे

चीनको दक्षिणी क्षेत्रमा मुसलधारे पानी पर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस फसिरहेका छन्।

भारी वर्षाले चीनमा पाँच जनाको ज्यान गयो, २० लाख बढी प्रभावित (फोटो फिचर)

दक्षिणी चीनमा भारी वर्षा हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्। वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल विहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्।

ताइवान र दक्षिण चीन सागरमा नमुछिन अमेरिकालाई चीनको चेतावनी

सुरक्षा मुद्दासम्बन्धी सिंगापुरमा सञ्चालित सांग्री–ला डाइलगमा आइतबार बोल्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले ताइवान र दक्षिण चीन सागरबारेको सुरक्षा विवादमा नआउन अमेरिकालाई चेतावनी दिएको

उत्तरी नाकालाई प्राथमिकता

दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएको कर्णाली प्रदेशलाई उत्तरको छिमेकी चीनसँग जोड्न संघीय सरकारले बजेटमार्फत सम्बोधन गरे पनि जनताका आधरभूत आवश्यकता र यहाँको गरिबी घटाउने सन्दर्भमा भने बजेट कर्णालीमैत्री छैन।

टावर स्पोटिङ र सबस्टेसन डिजाइनको काम सुरु

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि टावर स्पोटिङ र चिलिमे हब सबस्टेसन डिजाइनको काम सुरु भएको छ।

पश्चिम चीनमा अनावृष्टि

चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ।

मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा

मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका २० जना भारतीय धार्मिक पर्यटकहरु बुधबार नेपालगञ्ज फिर्ता भएका छन्।

भूगोलले तय गरेको गन्तव्य

नेपाल कहिलेपनि उदाएन र अस्ताएन पनि। यो बाँची नै रह्यो। बाँच्नका लागि राष्ट्रका रूपमा यसले रणनीतिहरू तय गर्दै आयो। यो बाँच्नुको रणनीति उत्तरतिरको विशाल कन्फुसियाली राष्ट्र चीन र दक्षिणतिरको विशाल हिन्दु सभ्यताको भारतबीच तय गर्दै आयो।

चीनमा सबै भाषाका विकिपिडिया प्रतिबन्धित

चीनमा सबै भाषाका विकिपिडिया प्रतिबन्धित गरिएको छ।चीनमा गत अप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेज नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेसनले पुष्टि गरेको हो।

चीनको अभियान

सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीनयतिबेला सांस्कृतिक सम्पदालाई आफ्नोे पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महŒवका सम्पदाहरूलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेका बेला चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरथिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सीलाई माध्यमिक तह अध्ययन पूरा गर्नासाथ श्रमशिवर पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तीनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

नेपालको खानी उत्खननमा चीनको चासो, कृषि आधुनिकीकरणमा सघाउने

गभर्नर रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताए। उनले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताए। उनले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताए।

समाजवादी पार्टीका सांसद स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा गएपछि...

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका एक सांसद ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा सहभागी भएका छन्। पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिएरै राजपा सांसद एकवाल अहमदसँग युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्