११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थप कर वृद्धि गर्दै बेइजिङ

संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध नयाँ मोडमा पुगेको छ। चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जुन १ देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो।

चीनमा पूर्वउपअर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय

उनले अवैध तरिकाले कमाएको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ। त्यस बाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ।

व्यापार वार्तामा चीनले सम्झौता तोडेको ट्रम्पको आरोप

व्यापार वार्तामा चीनले ‘सम्झौता तोडेको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्। लामो समयदेखि जारी अमेरिका–चीन व्यापार विवाद सुल्झाउनका लागि दुई पक्षबीच हुन लागेको वार्ताअघि ट्रम्पको यस्तो आरोप बाहिरिएको बिबिसीले जनाएको छ।

केरुङ–काठमाडौं रेलमार्ग ‘गेमचेन्जर’

चीनले आयोजना गरेको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको ३८ बुँदे संयुक्त घोषणापत्र अनुसूची १ मा ‘सम्पर्क सञ्जालद्वारा उत्प्रेरणा र सहयोग गर्ने आर्थिक कोरिडर र अन्य परियोजना’ अन्तर्गत २३ नम्बरमा ‘नेपाल–चीन सीमापार रेलमार्गसहित नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ उल्लेख गरिएको छ। १ सय ५० मुलुकआबद्ध बिआरआईको उक्त महत्वपूर्ण दस्तावेजमा नेपालीको सपना बोकेको परियोजना समावेश गर्नु उल्लेखनीय र महŒवपूर्ण हो। यस विषयले नेपालमा फेरि चिनियाँ रेलको बहस उजागर गरेको छ।

राष्ट्रपतिप्रति चिनिया सत्कार

चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न भएको राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने भ्रमणलाई चीनले निकै महत्त्व दियो।

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुने गरी दुई सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ।

‘बीआरआई रणनीतिक चासो हुनसक्नेमा नेपाल चनाखो हुनुपर्छ’

हालै सम्पन्न दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता, व्यापार तथा पारवहन सन्धिमा दुई देशबीच भएको ऐतिहासिक हस्ताक्षर र समग्र बीआरआईबारे नेपालको तयारी, चुनौती र अवसरका विषयमा कोइरालासँग नागरिक न्युजका लागि पुरुषोत्तम पौडेलले गरेको कुराकानीको सम्पादित अंशः–

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।

पौडी खेल्न प्रतिबन्धित पोखरीमा डुबेर किशोरको मृत्यु

झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाइँको मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

पुलिसलाई मेचीनगर गोल्डकप

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथबाट हराउँदै नेपाल पुलिस क्लबले मेचीनगर गोल्डकपको उपाधि जितेको छ।सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुसँग ठोक्किँदै जाली चुमेको थियो।

मेचीनगरमा विभागीय टोलीबीच उपाधि भिडन्त

चौथो मेचीनगर गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन्।

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले युरोपेली संघअन्तर्गतका सदस्य राष्ट्रलाई चीनको ‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन आग्रह गरेको छ।

थ्री स्टारलाई रोक्दै आर्मी फाइनलमा

थ्री स्टार क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब बिहीबार मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

चीन भ्रमणको सफलता

यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।

राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किन्

चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन्। स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन्। ‘हाइ अल्टिच्युड’ को समस्या देखिएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किएको उनको सचिवालयले जनाएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम थियो। उनी चिनियाँ समकक्षी सी जिङपिङको निमन्त्रणमा वैशाख ११ मा त्यसतर्फ गएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्