९ आश्विन २०८१ बुधबार
image/svg+xml

अमेरिकी दबाबका बाबजुद हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर

चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ।

नेपाल–चीन भाइभाइ

उत्तरको छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनले ‘नेपालको विकासमा चीन साझेदार’ बन्ने हार्दिकतापूर्ण सन्देश दिएका छन्। ‘भूपरिवेष्ठित’ मुलुक नेपाललाई ‘भूजडित’ बनाउन सघाउने आश्वासन आमनागरिकलाई पुलकित गराउन सक्छ। बेलाबेलामा हुने नाका अवरोधले समेत झस्काइरहने हाम्रा निम्ति यो सबैभन्दा ठूलो आश्वासन हो।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ, नेपालको कूटनीतिक कौशलता प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएकोे राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउनुका साथै  पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको छ। राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई अझ घनीभूत मात्र तुल्याएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राका लागि भरपर्दो साझेदार बनेको छ।

भ्रमणबाट चीनसँगको द्विपक्षीय आपसी सम्बन्ध थप सबलःसभापति देउवा

प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताएका छन्।

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘नेपालको विकासमा चीन साझेदार’

दुई देशबीच सुविधाजनक कनेक्टीभिटी सञ्जाल निर्माण हुनेछ। चीन र नेपालका बीचमा कुनै समस्या छैन, मित्रता छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ। सी चिनफिङ

‘सिको भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ’– मन्त्री भट्टराई

वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे। पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवर्दधनका निम्ति महत्वपूर्ण अवसर भएको बताए।

नेपालसँग चीनको अपेक्षा

‘हामीले हाम्रा घरेलु र विदेश नीतिहरू बाह्य संसारसमक्ष प्रस्टरुपमा भन्नुपर्छ, चीनलाई स्वीकार्य हुने तरिकाले व्याख्या गर्नुपर्छ र आफूलाई अरुले सुन्ने गरी प्रस्तुत हुनुपर्छ, चीनको बाह्रौं राष्ट्रपतिको शपथलगत्तै आयोजीतक कूटनीति सम्बन्धी सेमिनारलाई सम्बोधन गर्दै सी जिनफिङले भनेका थिए।

चीनकाे विकासबाट शिक्षा लिनुपर्छ

जुन मेरो जिन्दगीकै अमूल्य क्षणको रूपमा स्मरण गर्न चाहान्छु। मैले चीनमा एमबीबीएस सकेसँगै अकुपञ्चर विषयमा एम डि समेत गरे। मैले ४२ वर्ष अगाडी देखेको चीन र अहिलेको चीनमा आकाशपतालको फरक छ भन्दा कुनै अनर्थ हुदैंन।

चीनको ७० वर्षे प्रगति

गणतन्त्र स्थापनाको ७०औं वर्षगाँठका अवसरमा गत अक्टोबर १ मा चीनले तियानमेन स्क्वायरमा सैनिक परेड, सांस्कृतिक झाँकी, विदेशी पाहुना तथा चिनियाँहरूसहितको रात्रिभोजजस्ता आकर्षणलाई समेटेर भव्य समारोह आयोजना ग-यो।

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन्।

कूटनीतिक समाधानको कडी

नेपाल–चीन सम्बन्ध पौराणिककालदेखि वर्तमानसम्म बढिरहेको छ। यो अवधिमा धेरै घटना घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग दिएको छ भने दुवै देशबीच स्थिर सम्बन्ध विकास भइरहेको छ।

चीन कूटनीति

चीन र भारत समृद्धिको मार्गमा हिँडिरहेको अवस्थामा नेपाल मात्र पछौटे भएर बस्नुपर्ने स्थिति दुवैका निम्ति प्रीतिकर हुन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्