६ आश्विन २०८१ आइतबार
image/svg+xml

२६ वर्षिय युवाको शव फेला

वीरगन्ज महानगरपालिका–२५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव हत्या गरी फालिएको अवस्थामा सोमबार विहान फेला परेको छ । सुख्खा बन्दरगाहाको पूर्वतिर रहेको मौजेसिर्सियामैं पर्ने नगर विस्तारको जग्गामा सोमबार विहान पटेलको शव फेला परेको हो ।

बेवारिसे अवस्थामा झुण्डिएको शव फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ तेलकोट जंगलमा कटुसको रुखमा एक महिला झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।

‘लकडाउन’ले अड्कियो मलेसियामै शव

‘लकडाउन’का कारण मलेसियामा एक नेपालीको शव अड्किएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा खोटाङको साकेला गाउँपालिका–३ खिदिमा कोक्राका कुलबहादुर खत्रीको शव मलेसियामै अड्किएको हो। गत चैत २५ गते ज्यान गुमाएका खत्रीको शव ‘लकडाउन’का कारण मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुर खत्रीले जानकारी दिए।

कोरोनाले यूएईमै रोकियो सुदीपको शव

यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ। भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो।

कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझे

बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ११ दिन पछि परिवारले बुझेका छन। चौतर्फी दवाव पछि पाल्पाली समाज,संविधानसभा सदस्य तथा मानवअधिकारकर्मीको पहलमा सामाजिक विकास मन्त्रालयमा आज भएको सर्वपक्षिय बार्ताले पाँच बुँदे सहमती गरेर शव उठाउने बातावरण बनाएको हो।

रीताको प्रश्न: ‘मन्त्री वा नेताका आफ्ना मान्छे मरेको भए के गर्थे?'

रुपन्देहीको सैनामैना ४ कि रिता थापाले पती गुमाएको १० दिन भयो।बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका श्रीमानको शव अहिले पनि अस्पतालकै शव गृहमा छ। ६ र ७ बर्षका दुई छोराको साथमा रिता सैनामैना ४स्थित शिसौडाँडामा रहेको डेरामा छिन्।

बन्दाबन्दीपछि पशुपतिमा  घट्न थाले शव

बन्दाबन्दी  शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोरोना अस्पतालमा मृत्यु प्रकरण,  चार दिनसम्म उठेन शव

कोरोना नभएका मेरा पतिलाई किन अस्पतालमा थुनेर राखियो ? समयमै ल्याब परीक्षण गरी  किन औषधि चलाइएन ? आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल गएका उहाँलाई अस्पालले उपचारै नगरेर मारेको हो । मलाई न्याय चाहियो।  –रिता, मृतक बाबुराम थापाकी पत्नी

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ।

गुल्मभित्रै सशस्त्र प्रहरी जवानको शव झुण्डिएको अवस्थामा फेला

पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ।

‘पत्नीको हत्या गरेर आत्महत्या’

फाकफोकथुम गाउँपालिकामा केही दिनअघि हत्या गरिएको अवस्थामा भेटिएको दम्पतीको शव अनुसन्धानक्रममा प्रहरी पतिले पत्नीको हत्या गरी आत्महत्या गरेको आशंकामा पुगेको छ। खुकुरी प्रहारबाट पत्नीको हत्या गरी त्यही खुकुरीले आफ्नो घाँटी रेटेर पतिले आत्महत्या गरेको हुन सक्ने शव र घटनास्थल अनुसन्धानले देखाएको हो।

बेवारीसे अवस्थामा शव फेला

पाँचथर जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिका–४ मा रहेको थामथुमखोला छेउमा बेवारीसे अवस्थामा शव फेला परेको छ। घोप्टो परेको अवस्थामा अन्दाजी ५०/५५ वर्षको मधेशीमुलको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

जनकपुरधाममा युवतीको शव फेला

जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ। जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्