६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बेवारीसे अवस्थामा शव फेला

पाँचथर– पाँचथर जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिका–४ मा रहेको थामथुमखोला छेउमा बेवारीसे अवस्थामा शव फेला परेको छ। घोप्टो परेको अवस्थामा अन्दाजी ५०/५५ वर्षको मधेशीमुलको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

शव फेला परेपनि मृतकको पहिचान र मृत्युको कारण भने खुल्न नसेको जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपि शिद्धराज न्यौपानेले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ। मृतकको बारेमा थप अुनसन्धान भइरहेको न्यौपानेले जानकारी दिए।

प्रकाशित: ३० फाल्गुन २०७६ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App