६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

२६ वर्षिय युवाको शव फेला

वीरगन्ज- वीरगन्ज महानगरपालिका–२५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव हत्या गरी फालिएको अवस्थामा सोमबार विहान फेला परेको छ । सुख्खा बन्दरगाहाको पूर्वतिर रहेको मौजेसिर्सियामैं पर्ने नगर विस्तारको जग्गामा सोमबार विहान पटेलको शव फेला परेको हो ।

बिहान स्थानीयले सो ठाउँमा शव देखेपछि गाउँमा हल्ला फैलिएको थियो । सूचना पाउना साथ प्रहरी घटनास्थलमा पुगेको थियो । मृतका आफन्तले पटेलको शव पहिचान गरेका थिए । घटनापछि गाउँ भयभित भएको छ ।

शव हेर्दा मृतकको मुख र हातखुट्टामा गम्भीर चोट लागेको निशान छ । घाँटी समेत कपडाले कसिएको फेला परेको प्रहरीले जनाएको छ । हत्या गरी शव फालिएको घटना प्रकृति देखिएपछि प्रहरीले सोहीअनुसार अनुसन्धान थालेको छ । घटनास्थल मुचुल्कापछि शव‘पोष्टमार्टम’को लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको छ । पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्रबहादुर शाहीले घटना बारे थप अनुसन्धान काम भईरहेको बताए ।

सार्वजनिक गर्न योग्य जानकारी फेला परेपछि प्रहरीले आफै बताउने उनले जनाए । खाना खाएपछि पेट फुलेको भन्दै गाउँकै पसलमा जलजिरा खरिद गर्न भनेर राति ८ बजेतिर उनी घरबाट निस्केका थिए । मोबाईल फोन रविले घरमैं छोडेका थिए । अबेरसम्म घर नफर्केपछि साथीहरुसंग गफ गरेर बसेको घरकाले सुरुमा अन्दाज गरेका थिए । मृतक पटेल एउटा उद्योगमा कामदार थिए ।

प्रकाशित: ८ वैशाख २०७७ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App