पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध
मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।
मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।
जुन उद्देश्यका लागि अन्डरग्राउण्ड संरचना बनाइएको थियो, त्यो रुपमा उपयोग नभएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)पछिल्लो समय ती संरचनाविरुद्ध मैदानमा उत्रिए। कतिपय संरचनामा डोजर नै चलाए। शाहको कदमको कतिपयले आलोचना गरेका छन् भने धेरैले शाहलाई ‘आँटिलो’को संज्ञा दिएका छन्।
महानगरपालिकाको सूचनामा भनिएको छ, ‘पैंतीस दिनभित्र भूमिगत तलालाई खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ अन्यथा कानून बमोजिम कारबाही गर्नेछ।’ पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ। नत्र महानगरले नक्सा पास नै गरिदिँदैन।
पटक-पटक गरेर पोखराका सडकमा करिब २ हजार सौर्य सडक बत्ती जडान गरिएको भएपनि ती सबैले नियमित मर्मतसम्भार पाएनन्। त्यसैले कतिपय बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। कतिपयले केही समय उज्यालो दिएपनि केही थोरै समय मात्र बल्छन्। सडकमा सौर्य सडक बत्ती जडान गर्न यसअघि नै करिब ३० करोड रुपैयाँ खर्च भइसकेको छ।
नीजि क्षेत्रका उद्योगी, व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन्। संघको यहि भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेशनबाट नेतृत्व लिन पवनकुमार प्रजापति र अर्जुन पोखरेल समूह बनाएरै चुनावी मैदानमा उत्रिएका हुन्।
२५ मिनेटको काठमाडौँ–पोखरा उडानका क्रममा मौसम सफा हुँदा उत्तरतिर हिमाली श्रृंखला लहरै देख्न सकिन्छ। याे र बेला वर्षायाम हो। अहिले हिमाली श्रृंखला उत्तिसारो देख्न पाइँदैन। प्रायजसो समय बादलले छेकेको हुन्छ।
पछिल्लोपटक २०७२ सालको भूकम्पको बेला उद्धार र राहत पुर्याउने काममा पोखरा विमानस्थल निकै उपयोगमा आएको थियो।
शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट राम बहादुर तामाङ(शिबु ब्लोन) अध्यक्षमा निर्वाचित भएका छन्। नव निर्वाचित अध्यक्ष रामबहादुर तामाङको नेतृत्व मा ११ सदस्यीय कार्य समिति गठन भएको छ
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिनेगरि डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नैपर्ने बाध्यकारी हुन्थ्यो। तर, पोखरेली व्यवसायीको ब्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भईरहेको छ।
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ।
कोरोना संक्रमण सुस्ताएको मौका पारेर आन्तरिक पर्यटकको आउजाउ यतिसम्म बढ्यो की हवाई यात्रामा पनि उत्तिकै भीडभाड थपियो। पर्यटकीय सहर पोखराको विमानस्थल आन्तरिक पाहुनाका कारण अधिकांश दिन व्यस्त बन्यो, त्यस्तै हवाई उडान पनि थपिए। त्यसकै परिणाम स्वरुप पोखराको चालु विमानस्थल अहिलेसम्मकै बढी आम्दानी गर्न सफल पनि भयो।
हवाई क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एक अघि नै पोखराको आकाश खालि गर्न प्याराग्लाइडिङलाई भनिरहँदा पोखराको चालु विमानस्थलबाट सेवा दिईरहेका अल्ट्रालाइट, हेलिकप्टर, जाइरोकप्टर लगायतका पर्यटकीय प्रडक्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने अझै निर्णय भएको छैन।
पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ। तर विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएको पोखराको ल्याण्डफिलसाइट व्यवस्थापनको टुंगो भने अझै लागेको छैन। त्यसैले हाल फोहर व्यवस्थापन गरिरहेको ल्याण्डफिलसाइट कुनै हालतमा अन्यत्र सार्नुपर्ने दवावमा पोखरा महानगरपालिका छ। पोखरा महानगरका मेयर धनराज आचार्य भन्छनः सबैले ‘मेरो घरको नजिक फोहर नफाल’ भनेर भनेपछि महानगरलाई सकस छ।
२०७२ को भूकम्पको बेला उद्धार र राहत पुर्याउने काममा पोखराको चालु विमानस्थल निकै नै उपयोगमा आएको थियो। अरुबेला नियमित हवाई सेवा दिईरहेको यो विमानस्थलले भूकम्पको बेलामा पनि राहत र उद्धारमा उत्तिकै साथ दियो।
आर्थिक वर्ष २०७८/७९ मा उक्त खण्डका लागि दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार रुपैयाँ विनियोजन भएको थियो। सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।