६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल तामाङ घेदुङ पोखराको अधिवेशन सम्पन्न,अध्यक्षमा रामबहादुर तामाङ निर्वाचित

नेपाल तामाङ घेदुङ पोखरा महानगरको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ।

शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट राम बहादुर तामाङ(शिबु ब्लोन) अध्यक्षमा निर्वाचित भएका छन्। नव निर्वाचित अध्यक्ष रामबहादुर तामाङको नेतृत्व मा ११ सदस्यीय कार्य समिति गठन भएको छ। यस्तै उपाध्यक्षमा कुमार थिङ तामाङ,सचिवमा अन्जना डुम्जन तामाङ,सह-सचिवमा कविता योन्जन तामाङ र कोषाध्यक्षमा जसपाल पाख्रीन तामाङ निर्वाचित भएका छन्। सदस्यहरुमा लोकबहादुर तामाङ,सरिता तामाङ,ललिमाया तामाङ,समीक्षा न्हेगी तामाङ,निरक थिङ तामाङ र गंगा ग्याबाक तामाङ निर्वाचित भएका छन्।  

टेक बहादुर तामाङको अध्यक्षता रहेको अधिवेशनमा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ प्रमुख अतिथि थिए।यसैगरी विशिष्ट अतिथिको रुपमा पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ र अतिथिहरुमा चन्द्र ग्याबक तामाङ,मानेन्द्र कुमाल,मनमाया तामाङ,कमला तामाङ,पवित्रा तामाङ,कविता योन्जन तामाङसहित अन्य अतिथिहरु सहभागी थिए।

प्रकाशित: ५ भाद्र २०७९ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App