८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘राष्ट्रिय एकता कमजोर पार्ने अधिकार कसैलाई छैन’

नेपाली कांग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कमजोर पार्नेगरी कसलाई सहमति र सम्झौता गर्ने छुट नभएको स्पष्ट पारेको छ।

'वर्तमान सरकारले बदमासी गरेको छ'

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जताततै बदमासी मात्रै गरेको बताएका छन्। नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। राज्यका हरेक निकायमा हस्तक्षेप गर्ने र भताभुंग पार्ने काम मात्रै ओली नेतृत्वको सरकारको उपलब्धि भएको देउवाले बताए।

सरकार पृथकतावादी र हत्यारा जोगाउनतर्फ लाग्यो : देउवा

महाधिवेसनलाई टार्जेट गरेर नेपाली कांग्रेसका नेताहरु जिल्ला दौडाहमा लागेका छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोईराला, नेता रामचन्द्र पौडेल लगायतका नेता गण्डकी प्रदेशमा केन्द्रित भएका छन् ।

सरकारलाई कांग्रेसको प्रश्न : पानीजहाज नआएसम्म हिलो र धुलोबाट त्रस्त भइराख्नुपर्ने हो?

नेपाली कांग्रेसकी सचेतक एवं सांसद पुष्पा भुसालले हिलो र धुलो व्यवस्थापन गर्न माग गरेकी छिन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले हिलो र धुलोबाट नागरिकहरु त्रसित रहेका बेला दुईतिहाइ बहुमतको सरकार मस्तसँग सुतिरहेको आरोप लगाइन।

'सीके राउतसँग बाहिर एउटा भित्र अर्को सम्झौता'

प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले स्वतन्त्र मदेशको मागसहित आन्दोलनरत सीके राउतसँग बाहिर एउटा र भित्र अर्को सम्झौता गरेको आरोप लगाएका छन्। ‘सीके राउतको अभिब्यक्ती र ट्विटले जनमत सँग्रहमा जान सरकार सहमत भएको दाबी गरेको छ’ प्रेस युनियन गोरखाले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले भने फरक कुरा भनेको छ।’

सीके राउतसँग गरेको सहमति अपारदर्शी : नेता सिंह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सीके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन्। शनिवार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भए पनि सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकोमा असन्तुष्टि जनाए।

देउवा र पाैडेलले ताताेपानीमा लगाए डुबुल्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीस्थित तातोपानी कुण्डमा स्नान गरेका छन्। नेपाली कांग्रेस म्याग्दीको कार्यालय बिपी स्मृती भवनको उद्घाटन गर्न बेनी पुगेका देउवा र पौडेललेसहित अन्य नेता तथा कार्यकर्तालेसमेत उनीहरुसँगै कुण्डमा स्नान गरेका थिए।

विराटनगरमा देउवाको शक्ति प्रदर्शन

आगामी १४ औं अधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व गर्ने होडमा रहेका डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीच आरोप प्रत्यारोप र विभिन्न खाले होडबाजी चल्न थालेको छ। महाअधिवेशन आउनु एक वर्षअघि नै नेताहरूलाई महाअधिवेशनको रन्को लाग्न थालेको छ।

कांग्रेस शीर्ष नेताको ध्यान जिल्लातिर

नेपाली कांग्रेसका शीर्ष नेताहरू जिल्ला केन्द्रीत कार्यक्रममा सक्रिय भएका छन्। सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरू विभिन्न जिल्लाका कार्यक्रममा व्यस्त भएका हुन्। निर्वाचित नगरपालिका र गाउँपालिकाका उपप्रमुखसँगको छलफलमा सहभागि हुन बिहीबार मोरङ पुगेका सभापति देउवा शुक्रबार पोखरा जाने कार्यक्रम छ।

रोल्पामा कांग्रेस पार्टी कार्यालय अगाडि बम फेला

रोल्पा सदरमुकाम लिबाङ बजारमा दुई वटा बम फेला परेको छ। नेपाली कांग्रेस पार्टी कार्यालय नजिक फालिएको बमबारे अज्ञात व्यक्तिले टेलिफोनमार्फत स्थानीयलाई सूचना दिएका थिए।

देउवाले भने : लगातार खेदेपछि बोल्नैपर्‍यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले लगातार खेदेपछि बोल्न बाध्य भएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पटक—पटक आफू बिरुद्ध नबोल्न आग्रह गर्दासमेत नटेरेपछि जवाफ दिन बाध्य भएको बताए।

कांग्रेसमा केन्द्रीय समितिको निर्णय सच्याउन माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको भन्दै देवाविरुद्ध खडा भएको ‘क्याम्प’ सक्रिय भएको छ। सभापतिको एकलौटी निर्णयविरुद्ध उभिनका लागि देउवाविरुद्धको शक्ति एक ठाउँमा आएको हो।

कांग्रेस जिल्ला सभापतिद्वारा विशेष महाधिवेशनको चेतावनी

नेपाली कांग्रेसका जिल्लाका सभापतिहरूले सबै तहका नेताहरू वडा तहमै निर्वाचित भएर आउने व्यवस्था नभए विशेष महाधिवेश बोलाउने चेतावनी दिएका छन्। मंगलबार ५५ जिल्लाका सभापतिहरूले महासमिति बैठकको निर्णयअनुसार सबै तहका नेताहरू विधानमा वडा तहबाटै निर्वाचित भएर आउने पर नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन।

कांग्रेस असन्तुष्ट खेमाको निष्कर्ष : न्यायिक समिति सर्वसम्मत बनाउनुपर्छ

कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको खेमाले संस्थापन समूह जबरजस्ती अघि बढे प्रतिकार गर्ने चेतावनी दिएको छ।

रामचन्द्र पौडेलको प्रधानमन्त्रीलाई प्रश्न : तपाई न्यायाधीश कि अख्तियार प्रमुख ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई न्यायाधीश हो कि अख्तियार प्रमुख भन्दै प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्