८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस जिल्ला सभापतिद्वारा विशेष महाधिवेशनको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका जिल्लाका सभापतिहरूले सबै तहका नेताहरू वडा तहमै निर्वाचित भएर आउने व्यवस्था नभए विशेष महाधिवेश बोलाउने चेतावनी दिएका छन्। मंगलबार ५५ जिल्लाका सभापतिहरूले महासमिति बैठकको निर्णयअनुसार सबै तहका नेताहरू विधानमा वडा तहबाटै निर्वाचित भएर आउने पर नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन।

‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरूलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ। पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भिर क्षति पुर्याउने सो निर्णयमाथि शिघ्र पुनर्विचार गर्न जोडदार माग गर्दछौ,अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न वाध्य हुनेछौं,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत माघ ९ गते काठमाडौँमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा उल्लेखित स्वतः प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म कार्यान्वन नभएको मात्र होइन केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन।

महासमिति बैठकबाट पारित भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले त्यसलाई कार्यान्वयन गर्ने र सोहीकारण बैठक समेत बस्ने अवस्था नभएकाले आफूहरूलाई आश्चर्यचकित तुल्याएको जिल्ला सभापतिहरूको जनाएका छन्। ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गर्ने काममा केही नेताहरू देखा पर्नु दुर्भाग्यपूर्ण हो,’ सो विज्ञप्तिमा भनिएको छ।

यसरी विज्ञप्ति जारी गर्नेहरूमा विनोद बस्नेत, लिलादेवी बोखिम, नरेन्द्रकुमार केरुङ, हिमालय कर्माचार्य, उद्धव थापा, गोविन्द ढुंगाना, नन्दमणि राई, नरेशकुमार श्रेष्ठ, राजीव कोइराला, विदुर बस्नेत, डिकबहादुर लिम्बु, दीपेनकुमार श्रेष्ठ, कृष्णदेव यादव, अजय द्विवेदी , उज्जल बराल, मधु आचार्य, लवश्री न्यौपाने, विकास लामा, जगदीशनरसिंह केसी, रमेश धमला, वैकुण्ठ न्यौपाने, कृष्ण केसी, कुमार राना, दुर्लभ थापालगायत रहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App