८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

'सीके राउतसँग बाहिर एउटा भित्र अर्को सम्झौता'

पत्रकार सम्मेलनमा सुरेन्द्र पाण्डे। तस्विर : नरहरि/नागरिक

गोरखा - प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले स्वतन्त्र मदेशको मागसहित आन्दोलनरत सीके राउतसँग बाहिर एउटा र भित्र अर्को सम्झौता गरेको आरोप लगाएका छन्। ‘सीके राउतको अभिब्यक्ती र ट्विटले जनमत सँग्रहमा जान सरकार सहमत भएको दाबी गरेको छ’ प्रेस युनियन गोरखाले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले भने फरक कुरा भनेको छ।’

वार्ता गर्ने दुईवटा पार्टी बिचको फरक–फरक विषय आउनुले सरकारले देखाउनका लागि एउटा र भित्र अर्को सहमती गरेको हुनसक्ने उनले आशंका ब्यक्त गरे। परदर्शी ढंगले सरकारले सम्झौता नगरेको बताउँदै उनले आधिकारीक जवाफ कांग्रेसले माग्ने बताए। कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका नेता पाण्डेले सरकारले अहिले बजेट संच्याउन खोजेको बताउँदै संसदबाट पारित सरकारले मनलाग्दी संच्याउन नपाउने बताउँदै संच्याउनुपर्ने कारणसहित संसदबाटै गर्नुपर्ने बताए।

पछिल्लो समय स्थानीय, संघ र प्रदेश सरकार बिचको समन्वयको अभाव र  मातहतका कार्यालयका प्रमुख र स्थानीय तह बिचको समन्वय नहुँदा बिकासे काम प्रभावित भएको बताए। उनले भने ‘स्थानीयदेखि संघ र प्रदेश सरकारसँग समन्वय गर्न जिल्लाका प्रशासनले समयमै ध्यान पु-याउनुपर्छ, संघको कर्मचारी भनेर अन्य सरकारलाई बेवास्था गर्न मिल्दैन’ गोरखा प्रशासनप्रति लक्षित गर्दै उनले भने।

कांग्रेस भित्रको विवादलाई उनले कांग्रेस चाहिने भन्दाबढि लोकतन्त्रबादी भएको बताए। उनले भने ‘एक वर्ष समय अझै बाँकी छ, महाधिवेशनका लागि थप एक वर्ष थप्न मिल्ने व्यवस्था छ, अहिले गुटगत भेला, बैठक गर्नु आवश्यक छैन।’ थप एक वर्ष लम्बिने उनको संकेत थियो। सरकारले विप्लप नेतृत्वको नेकपालाई सानो सोच्न नहुने बताउँदै उनले भने ‘युद्धबाट होइन विप्लप वार्ताबाट निश्कर्षमा पुग्नुपर्छ, सरकारले अहिले नै

नियन्त्रणमा लिन ध्यान दिनुपर्छ, केही होइन भन्दाभन्दै माओवादीयुद्ध काल जस्तो ठुलो रुप पनि लिन सक्छ।’ नेता पाण्डेले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा देखिएको अन्यौलता प्रति प्रश्न गर्दै जनतालाई भ्रमबाट मुक्ती दिलाउन सरकार नसकेको बताए। उनले भने ‘बुढीगण्डकी बन्ने नबन्ने ? कसरी बन्ने भन्नेमै अझै अन्यौल छ।’

प्रकाशित: २६ फाल्गुन २०७५ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App