८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पार्टीको गुटले मलाई फाइदा गरेन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आफूले गुट अन्त्य गर्न चाहेको बताएका छन्। ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसका अवसरमा बोल्दै सभापति देउवाले गुट उपगुटले पार्टीमा समस्या भएको बताएका हुन्।

कांग्रेस जिल्ला सभापतिको चेतावनी : निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउँछौं

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्।  महासमिति बैठकबाट पारित भएको विधानलाई परिमार्जनको नाममा केन्द्रीय समितिबाट उल्ट्याउने काम भएको भन्दै जिल्ला सभापतिहरूले निर्णय नसच्याए विशेष महाधिवेशनको चेतावनी दिएका हुन्।

राहत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा विरोध

सोमबार दिउँसो बानेश्वरमा भएको राहत शिक्षकको आन्दोलनमा सरकारले बलजफ्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी हस्तक्षेपको भत्र्सना गरेको छ।

देउवा–सिटौलाबीच चुलिँदो खटपट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच खटपट सुरु भएको छ। पार्टीको १३ औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका नेता सिटौला पछिल्लो समय देउवाविरुद्ध उभिएका छन्। १३ औं महाधिवेशनपछि छुट्टै गुट सञ्चालन गरेर तेस्रो धार भएको सिटौलाले बताउँदै आएका छन्।

नेविसंघमा समानान्तर समिति बनाउने सिटौला समूहको संकेत

नेपाली कांग्रेसमा तेस्रोधारको दाबी गर्दै आएको कृष्णप्रसाद सिटौलाको समूहले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा समानान्तर समिति बनाउने संकेत गरेको छ। कांग्रेसको शक्तिशाली र प्रमुख भ्रातृ संगठनको रूपमा रहेको नेविसंघमा सिटौला समूहका प्रभाव छ।

नेविसंघको तदर्थ समिति गठनमा किन हुँदैछ ढिलाई?

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले माघ २८ मा राजीनामा दिए । महरको राजिनामासँगै संघ अहिलेसम्म नेतृत्वविहीन भएको छ।

‘मैथिली’ नेपालीपछिको उत्कृष्ट भाषा : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली नेपालीपछिको उत्कृष्ट भाषा रहेको बताएका छन्। मैथिली विकास कोषले आयोजना गरेको छ दिवसीय ‘जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ लाई शनिबार उद्घाटन गर्दै देउवाले प्रचिनकालीन मिथिला संस्कृतिको पुनरुत्थानमा जोड दिनुपर्ने बताए।

सरकारले धुलो र हिलोबाहेक केही दिन सकेन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्।

प्रजातन्त्रमाथि आक्रमण भइरहेको छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्रमाथि अझै पनि प्रत्यक्ष र अप्रत्यक्षमा निरन्तर आक्रमण भइरहेको बताएका छन्।

देउवाकाे प्रश्न : प्रधानमन्त्री ओलीले भन्दैमा जंगलमा राजधानी हुन्छ ?

कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी उपर्युक्त ठाउँमा नभएको बताएका छन्। विश्वमा जलवायु परिवर्तनले असर गरिरहेको बेला जंगल फाँडेर राजधानी बनाइनु गलत भएको देउवाको भनाइ थियो। उनले भने, ‘जंगल जोगाउनुपर्ने ठाउँमा फाँडेर राजधानी बनाइनु ठीक होइन।’

कांग्रेसमा नीति र पद्धतिलाई संस्थागत गर्न आवश्यक छ : नेता केसी (भिडियो)

नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले लोकतान्त्रिक पार्टीको नेतृत्वमा लोकतान्त्रि प्रवृत्ति नदेखिएको दाबी गरेका छन्। नागरिक फ्रन्टलाइनमा पत्रकार राजाराम गौतमसँग कुरा गर्दै नेता केसीले लोकतान्त्रिक क्रान्तिमा नेतृत्व गरे पनि पार्टी नेतृत्वमा लोकतान्त्रिक प्रवृत्ति नदेखिएको दाबी गरे।

हेलिकप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

तङ्ग्रिएला कांग्रेस ?

नेपाली कांग्रेसले न पराजयको जिम्मेवारी कसैलाई बोकाउन सकेको छ न आफू तङ्ग्रिने गरी संसद्मै भूमिका खेलेको छ। तङ्ग्रिएला कांग्रेस ?

कठिनाइमा कांग्रेस

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले एक वर्ष पूरा गरेको छ। तर, त्यही निर्वाचनपछि प्रमुख विपक्षी दलको भूमिकामा पुगेका नेपाली कांग्रेसले न पराजयको जिम्मेवारी कसैलाई बोकाउन सकेको छ न आफू तङ्ग्रिने गरी संसद्मै भूमिका खेलेको छ।

तरुण दलले सरकारविरुद्ध एक लाख युवा उतार्ने

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गरिरहेको विभिन्न विरोध कार्यक्रमअन्र्तगत राजधानीमा सरकारविरुद्ध एक लाख युवा उतार्ने तयारी गर्न थालेको छ। वीरगन्जमा तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजँग शाहीले मंगलबार बिहान एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्