८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहिन

केन्द्रीय समिति बैठक बस्नुअघि विवादित विषयमा सहमति खोज्न बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा आए पनि सहमतिको अन्तिम बिन्दुमा शीर्ष नेताहरू पुग्न सकेनन्।

किन छिनमै धारणा फेर्छन् देउवा?

‘विप्लवको कामप्रति सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, हाम्रै साथीहरूमाथि पनि उसको त्रास थियो। प्रतिबन्ध मात्र होइन उसलाई कारवाही नै गर्नुपर्छ’, सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर पुगेर दिएको वक्तव्य हो, यो।

कांग्रेसमा सहमति नभए बैठक बहिष्कारको चेतावनी

नेपाली कांग्रेसभित्रका असन्तुष्ट पक्षीय नेताहरूले पार्टी अनुशासन समितिसहितका निकाय सहमतिबाटै गठन गर्नुपर्ने अडान दोहो-याएका छन्। अनुशासन समितिसहितका निकाय गठनका विषयमा सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएपछि शनिबार नेता प्रकाशमान सिंहको निवासमा बसेको असन्तुष्ट पक्षको बैठकले अनुशासन, निर्वाचन समिति सहमतिबाटै गठन गर्नु पर्ने पुरानो अडान दोहो-याएका हुन्।

आतंक छाडेर वार्तामा आउ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रबिक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतंक छाडेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ। सरकारले चन्द नेतृत्व पार्टीलाई प्रतिबन्ध लगाएपछि शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेसले सबैखालै विमतिको हल राजनैतिक संवादबाट खोज्न सकिने स्पष्ट पारेको हो।

देउवाका दुई रूप

शनिबार अर्थात् आज कांग्रेस सभापति देउवा तिनै नेकपाभित्रका रुष्ट नेताको लाइनमा आइपुगेका छन्। उनले विराटनगरमा बोलेका कुरा पाल्पा गएर फेरे। उनले पाल्पा भने, ‘सरकारले विप्लवमाथि निषेध होइन, वार्ता गरोस्।

सरकार र विप्लवलाई शान्तिपूर्ण समाधान निकाल्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आव्हान गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ भनिएको छ।

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन्। बहुजन समाजवादी पार्टी (बीएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका छन्।

सरकारले निषेधको राजनीति गरेर मुलुकमा द्धन्द निम्त्यायो : नेता खाँण

नेपाली काग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संवाद र वार्ताबाट निकास निकाल्नुको साटो प्रतिबन्धको नीति अवलम्बन गरेर मुलुकमा द्धन्द र मुठभेड निम्त्याएको आरोप लगाएका छन्। विप्लव नेतृत्वको नेकपालाइ निधेष गरीहाल्नु पर्ने अवस्था नरहेको भन्दै नेता खाँणले निषेधको राजनीतिले द्धन्दलाइ अभिप्रेरित गरेको बताएका हुन्।

संस्थापन भन्छ– अब ढिला भइसक्यो, असन्तुष्ट नेता भन्छन्– बहुमतको साक्षी बस्दैनौं

संस्थापन समूहले पेल्न खोजेको आरोप असन्तुष्ट समूहको छ भने संस्थापन समूहले असन्तुष्ट समूहका कारण काम गर्न नसकिएको भन्दै प्रतिरक्षा गर्दै आएको छ।

राउतसँगको सम्झौता राष्ट्रिय एकताविपरीत : कांग्रेस नेता जोशी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले बताएका छन्।

आन्तरिक कलहमै कांग्रेस

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ। २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए।

विप्लवलाई प्रतिवन्ध समाधान होइन : कांग्रेस

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले शासकीय नेतृत्वको अभाव देखाएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ।

कांग्रेस शीर्ष नेता महाधिवेशन केन्द्रित दौडाहामा

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरू आफ्नो गुट बलियो बनाउन जिल्ला भ्रमणमा निक्लिएका छन्।

विप्लवसँग तत्काल वार्ता गर : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विप्लव नेकपाको क्रियाकलाप नियन्त्रण नभए त्यसले ठूलो असर गर्ने भन्दै वार्ता गर्न सरकारलाई आग्रह गरे।

सिके राउतसँगको सहमति राष्ट्रघात : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रघाती भएको टिप्पणी गरेका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति लगत्तै सिके राउतले भनेका कुराहरु सुन्दा राष्ट्रघात भएको पुष्टिहुने हुने दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्