७ आश्विन २०८१ सोमबार
image/svg+xml

ओलीलाई कांग्रेसको चेतावनी : सेनालाई कमजोर पार्न खोजिए सदन र सडक तताउँछौं

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन्। संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ।

प्रधानमन्त्रीले सत्ता केन्द्रिकरण गर्न खोजे : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता केन्द्रिकरण गर्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेश युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले सत्ता केन्द्रिकरणको प्रयास गरेकाले लोकतन्त्रमाथि चुनौती थपिएको जनाए।

कांग्रेस नेता भन्छन्, ‘कम्युनिस्टसँग लड्न राजाभन्दा गाह्रो’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन्। कांग्रेसको सिद्धान्त, मूल्य मान्यतालाई आत्मासाथ गर्न अनुरोध गर्दै गुटको राजनीति नगर्न अनुरोध गरेका हुन्।

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। रगतमा हेमोग्लोबिनको मात्र कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?

पछिल्लो समय नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहस तात्दै गएको छ। गत मंसिरमा भएको महासमिति बैठकपछि कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दामा औपचारिक रूपमा बहस सुरु भएको छ। महासमिति बैठकमा एक समूहले हिन्दू राष्ट्रका लागि भन्दै हस्ताक्षर संकलन अभियान नै चलाएको थियो। जसमा १८ सय बढी महासमिति सदस्यमध्ये सात सय बढीले हिन्दू धर्मका पक्षमा हस्ताक्षर गरेका थिए।

गगनले भनेः फेसबुक नियन्त्रणका नाममा बोल्न पाउने अधिकार खोसिँदैछ, सचेत हुनुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गरे।

ओली सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दैछन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिलाई गाह्रो भएको उनले गुनासो गरे। शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ। तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ। किनभने मन्त्री र सचिवले कमिसन माग्दा रहेछन्।’

'परिवर्तन उट्याउने अधिकार कसैलाई छैन'

जीपी स्मृतिमा माइतघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई उल्ट्याउने शक्तिलाई निस्तेज पार्ने बताएका हुन्। उनले भने, ‘प्राय सीके राउतको सन्दर्भ होस् या विप्लवको होस्, संविधानविपरीत जान खोज्नेलाई निस्तेज पार्नुपर्छ।’

‘उदार अर्थतन्त्रको ढोका गिरिजाले नै खोलेका थिए’

विनिमय सरकारले तोकेको थियो। अमेरिकी डलरसँग बजारमा सरकारले तोकेकोभन्दा बढी दरमा खुला रुपमा बिक्री वितरण हुने गथ्र्यो। संरचना सुधार गरेर राज्यको हस्तक्षेपलाई कम गरेर निजी क्षेत्रलाई विकासको संवाहक मानेर अगाडि बढियो। निजी क्षेत्रलाई आश्वस्त गर्न थालिएको थियो। निजी बैंक तथा अन्य क्षेत्रमा विस्तारै लगानीका ढोकाहरू खुल्दै थिए।

नबनाइएका राष्ट्रपति !

दाजु बीपी कोइरालाका पदचाप उनले नेपाली कांग्रेसको राजनीतिमा मज्जैलै पछ्याए। दाजुको निधनपछि गिरिजा कांग्रेसका कोइराला परिवारका हस्तीका रूपमा देखा परे । यो बागडोर उनले दुई दशक सम्हाले।

जसले डोर्‍याए दुई दशकको नेपाली राजनीति

गिरिजाले नै नेतृत्व गर्दा शेरबहादुर देउवा (हालका कांग्रेस सभापति)ले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। तर गिरिजाकै नेतृत्व र पहलमा पछि त्यो पार्टी फेरि कांग्रेसमा समाहित भयो। त्यसैले त अहिले कांग्रेसमा गिरिजाको नामले निकै प्राथमिकता पाउँछ। उनको योगदानको चर्चा पार्टीभित्र भइरहन्छ।

‘विदेशी लगानी भित्र्याउन सुशासनमा सुधार र भ्रष्टाचार समाप्त पार्नुपर्छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको बताएका छन्। मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक भए पनि सरकारले प्रशस्त तयारी र छलफल नगरेको उनको गुनासो छ।

गिरिजाप्रसाद : जो विगत सम्झिरहन्थे

गिरिजाको स्वभाव यस्तै थियो। बडो रिफ्लेक्टिभ (विगततिर फर्किरहने स्वभावका) हुनुहुन्थ्यो। अगाडि बढिरहने हुनाले कहिलेकाहीँ अडिने बानी थियो उहाँमा। आफू कहाँबाट आएँ भन्ने ख्याल गर्नुहुन्थ्यो उहाँ।

‘लगानी भित्र्याएर मात्र हुँदैन, पूर्वाधार पनि चाहिन्छ’

सरकारको ध्यान रेल र पानीजहाजमा मात्रै भएको बताउँदै उनले प्रशासनिक र कानुनी सुधार आवश्यक रहेको बताए। एकद्वार नीति भने पनि दश ठाउँ पुग्दा पनि काम नबनेको भन्दै उनले बेथिति र भ्रष्टाचार मौलाउँदै गएको बताए। कानुनी हिसाबले बलियो नहुन्जेल जति लगानी भित्रिए पनि औचित्य नहुने उनको तर्क थियो।

जनताले चाहे जनमत संग्रह : कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले जनताले माग गरे संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनसक्ने बताएका छन्। फागु पर्वका अवसरमा बुधबार आफ्नै निवास टोखामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मसँगै जनताले संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आए कांग्रेस तयार हुनुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्