७ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय मुद्दामा नेतृत्व स्पष्ट भएन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित पार्टीलाई गतिशिल बनाउन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले कांग्रेसले आर्थिक क्रान्ति र समृद्धिको अभियानको नेतृत्व गर्ने हो भने अहिलेकै अवस्थाको पार्टीले गतिशिलता अपर्याप्त हुने बताए।

सरकारले देशलाई द्वन्दमा फसाउन खोज्यो : साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएर देशलाई द्वन्दमा फसाउन खोजेको आरोप लगाएका छन्।

कांग्रेसमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी माग

नेपाली कांग्रेसको अनुशासन समितिले अनुशासन उल्लंघन गर्ने नेता/कार्यकर्ताका बारेमा उजुरी मागेको छ। मंगलबार बसेको अनुशासन समितिको पहिलो बैठकले यस्ता नेता/कार्यकर्ताको गतिविधिविरुद्ध चैत मसान्तसम्म प्रमाणसहित उजुरी गर्न कार्यकर्तालाई आग्रह गरेको हो। यस्ता उजुरीलाई छानविन गरी कारवाही गरिने बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विप्लवलाई वार्तामा ल्याउ : संग्रौला

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाइ प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन्।

कांग्रेस नेता सिटौला डिस्चार्ज

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला स्वाथ्यमा सुघार भई अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी मंगलवार बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका सबै निकायलाई नियन्त्रणको रणनीतिमा रहेको ठहर गरेको हो।

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ।

पार्टीको भावी नेतृत्व सम्हाल्न तयार रहेको शशांकको संकेत

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको भावी नेतृत्व सम्हाल्न आफू तयार रहेको संकेत गरेका छन्। कांग्रेस बाँकेको कार्यालय नेपालगन्जमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वका लागि प्रमुख दावेदार रहेको संकेत गरे।

कांग्रेसमा भावनात्मक एकता आवश्यक : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा भावनात्मक एकता आवश्यक रहेको बताएका छन्।  बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता कार्यकर्ताहरुसँगको अन्तरक्रिया कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस कमजोर हुँदा लोकतन्त्रमा पनि खतरा उत्पन्न हुने भन्दै पार्टीमा भावनात्मक एकताको खोजि गर्नुपर्ने बताए।

पार्टी विधानअनुसार चलेन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार नचल्दा समस्या भएको बताएका छन्।  प्रेस युनियन झापाले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले बलियो पार्टी निर्माणका लागि केन्द्रदेखि बुथसम्मका नेता विधानको परिधिभित्र बस्न आवश्यक रहेको बताएका हुन्।

'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'

संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ।

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

‘मधेसलाई पानी चाहिएको छ पानीजहाज होइन’

नेपाली कांग्रेस सर्लाहीद्ववारा सदरमुकाम मलंगवामा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘ ‘मधेसी जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ तर, केपी ओलीले पानी जहाजको सपना मात्र देखाए।’

पार्टी भित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्