झापा–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार नचल्दा समस्या भएको बताएका छन्। प्रेस युनियन झापाले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले बलियो पार्टी निर्माणका लागि केन्द्रदेखि बुथसम्मका नेता विधानको परिधिभित्र बस्न आवश्यक रहेको बताएका हुन्।
उनले आफू पार्टी सुधारका लागि कार्यकर्ताको सुझाव लिन जिल्ला भ्रमणमा निक्लिएको प्रष्ट पारे। पार्टी एक ढिक्का भए मात्र कम्युनिस्टबाट आएको चुनौती समाधान गर्न सकिने उनको तर्क थियो।
नेता सिंहले दुई तिहाईको बलियो सरकार जनताबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेलमा लागेको आरोप लगाए। ‘प्रधानमन्त्री केपी ओलीले आफू शक्तिशाली हुन गरिरहेको प्रयासले यो प्रमाणित हुँदै गएको छ’, उनले भने, ‘सेना परिचालनको जिनम्मेवारी आफू माताहत राख्न खोज्नु र विप्लवमाथिको प्रतिबन्ध त उदाहरण मात्र हो। सरकार अनावश्यक विषयमा अल्झि रहेको नेता सिंहको निष्कर्ष छ।
प्रकाशित: ११ चैत्र २०७५ १०:४१ सोमबार