७ आश्विन २०८१ सोमबार
image/svg+xml

भ्रष्टाचार संस्थागत गर्न सरकारले जनतालाई पानीजहाज र रेलको भुलभुलैयामा पार्‍योः नेता पौडेल

नेपाली कांग्रेसका शीर्ष नेताहरुले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए।

‘ओली सरकार भाषण र उखान टुक्कामा अत्यधिक सफल, काममा असफल’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्। सरकार काम भन्दा पनि गफ र भाषणमा सफल भएको उनको भनाई छ। नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे।

सरकारको भण्डाफोर गर्न थलहमा कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

नेपाली काँग्रेसको गाउँ जागरण कार्यक्रम अन्तर्गत वैशाख ११ गते जाजरकोटको थलह बजारमा आयोजना हुने आमसभालाई कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सम्बोधन गर्ने भएका छन्।

सरकारप्रति जनताको विश्वास घट्दो : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको बताएका छन्। उनले एक वर्षमा पनि सरकारले सोचेजति काम गर्न नसकेकाले जनताले विश्वास गर्न नसकेको बताए। देउवाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा कांग्रेस वडा एकाइ समितिले निर्माण गरेको बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै सरकारले जनताको मन जित्न नसकेको बताए। ‘एक वर्ष अवधिमा सरकारले सोचेजति काम गर्न सकेन,’ उनले भने, ‘त्यसले गर्दा जनताले पत्याएका छैनन्।’

कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

नेपाली कांग्रेसले ११ गतेबाट सुरु गर्ने राष्ट्रिय जागरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी संगठन सुदृढीकरण र केपी ओली सरकारविरुद्ध तीन चरणको जागरण कार्यक्रम गर्ने निर्णय कांग्रेसले गरेको छ ।

स्थापना दिवसमा अलगअलग कार्यक्रम

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ नेतृत्वबिहीन बनेको तीन महिना भएको छ। पार्टीका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा नेतृत्वविहीन बनेको संघले शुक्रबार ४९औं स्थापना दिवस मनाएको छ।

कांग्रेसको जागरण अभियानः गगन अछाम, रमेश चितवन, चन्द्र भण्डारी कालिकोटमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि देशभर प्रतिनिधि खटाएको छ। जागरण अभियान वैशाख ११ बाट सुरु भइ एक महिनासम्म चल्ने छ। कांग्रेसले प्रथम चरणको कार्यक्रमका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो।

‘जनताले खानेपानी पाएका छैनन्, सरकार रेल र पानीजहाजको कुरा गर्छ’

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार कामभन्दा पनि कुरामा अल्झिएको टिप्पणी गरेका छन्। शुक्रवार नेविसंघ संगठित र प्रशिक्षित अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले जनताले खानेपानी नपाएका बेला सरकार रेल र पानीजहाजको सपना बोकेर हिडेको बताए।

नेविसंघको तदर्थ समिति चाँडै आउँछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति चाँडै आउने बताएका छन्। नेविसंघको ४९ औं स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सबैको भावना समेट्ने समिति ल्याउने स्पष्ट पारेका हुन्।

विपदमा एक हुन जरुरी : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कुनै क्षेत्रमा आएको दैवी विपत्तिमा कुनै दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने बताएका छन्।

फेवातालको पानीमुनिको जग्गा पनि बेच्न सक्छन् : युवा नेता पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भूमाफियाहरुले फेवातालको पानीमुनिको जग्गा पनि बेच्नसक्ने आशंका गरेका छन्।

पार्टी भित्रका जो पनि सभापतिमा लड्न सक्छन्ः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जोसुकैलाई पनि पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको बताएका छन्।  प्रेस युनियन लम्की टीकापुरले बुधबार लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको बताए।

जनता ओली सरकारबाट मुक्ति चाहन्छन् : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्। कांग्रेस कैलाली क्षेत्र नं. १ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई आजित पारेको आरोप लगाए।

संगठन सुदृढीकरण र सरकारविरुद्ध केन्द्रित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले वैशाख ११ गतेबाट तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

संशोधित विधान कार्यान्वयन अहिले कि महाधिवेशनपछि ?

तर संस्थापन समूहले भने विधान कार्यान्वयन सुरु गरेको छ। पुरानो विधानअनुसार पार्टीको निर्वाचन समिति तीन सदस्य हुन्थ्यो। तर भर्खरै बनेको नयाँ निर्वाचन समिति पाँच सदस्यीय छ। केन्द्रीय समितिबाट सर्वसम्मत भएपछि नयाँ विधानअनुसार भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्