७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसकाे जागरण अभियान ३ चरणमा, पहिलाे वैशाख ११ गतेदेखि

तेस्रो चरणको अभियान भने पुस ७ देखि १६ गतेसम्म चलाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

कांग्रेस प्रवक्ता भन्छन्– प्रधानमन्त्री आउँदा टिभी बन्द गर्नुपर्ने भयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ सालमा सरकारको गतिविधि निराशाजनक भएको आरोप लगाएको छ। वर्ष २७५ मा सरकारले गरेको गतिविधिको समीक्षा गर्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको हो।

राजनीतिलाई शुद्ध बनाउन पैसाको चलखेल अन्त्य गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन्।

प्रधानमन्त्री काममा भन्दा अफू शक्तिशाली बन्न लागे : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सरकारले सार्वजनिक यातायात व्यवस्थित गर्न नसकेका बेला पानी जहाजको सपना देखाएको आरोप लगाएका छन्।

नेतृत्वको मनोमानीले पार्टी कमजोरः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्वको मनोमानीले समस्या सिर्जना भइरहेको बताएका छन्।

एक वर्षमै कमजाेर कांग्रेस, आन्तरिक किचलाेले बिर्सियो प्रतिपक्षी भूमिका

महासमिति सदस्यले गर्नु त समान्य कुरा थियो। तर पार्टी संगठनको जिम्मेवारी लिएर बसेका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रकाे मुद्दा बाेकेर हिँडेपछि कांग्रेसलाई संविधानविपरीत हिँड्न खोजेको आरोपसमेत लाग्यो।

सरकारले सबैतिर हस्तक्षेप गर्‍याे : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले नेपाली सेनादेखि हरेक क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। सरकारबाहिर रहेका दलसँग आबद्ध ११ विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गर्दै मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका हुन्।

आफ्नै पार्टीको मौनताविरुद्ध नेविसंघको खबरदारी

नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाई बलियो सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा पनि प्रतिपक्षी दल कांग्रेस मौन बसेको भन्दै भ्रातृ संगठन नेपाल विद्यार्थी संघले खबरदारी गरेको छ।

सरकारविरुद्ध कांग्रेससहित १० दल एक ठाउँमा, देउवा र वैद्यले नेतृत्व गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार निरंकुश बन्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित १० राजनीतिक दल एक ठाउँमा उभिएका छन्। यी दश राजनीतिक दलको विद्यार्थी संघले आफ्ना माउ पार्टीलाई एक ठाउँमा ल्याएको हो। केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षाविपरीत गएको भन्दै आन्दोलनका निम्ति पार्टीलाई एक ठाउँ ल्याउनुपर्ने बाध्यता भएको विद्यार्थी नेताहरू बताउँछन्।

नयाँ सालबाट कांग्रेसमा जागरण आउँछ: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ सालपछि कांग्रेसमा जागरण आउने बताएका छन्। शुक्रबार राजधानीमा दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा निधिले नयाँ बर्ष २०७६ लगत्तै कांग्रेसमा नयाँ जागरण आउने र त्यसले देशभरि कम्युनिस्ट अधिनायकवाद बिरुद्ध बलियो जनमत तयार पार्ने ठोकुवा गरे।

गच्छदारले बुझाए क्रियाशील सदस्यको विवरण

लोकतान्त्रिक फोरमबाट एकता गरेर नेपाली कांग्रेसमा आएको विजयकुमार गच्छदारले आफ्नो पार्टीको क्रियाशील सदस्यको विवरण बुझाएका छन्।

आफ्नै पार्टीविरुद्ध खबरदारी गर्दै नेविसंघ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीविरुद्ध खबरदारीसभा गर्ने भएको छ। सरकारका गलत गतिविधिको पनि खबरदारी गर्न नसकेको भन्दै माउ पार्टी कांग्रेसविरुद्ध नेविसंघले खबरदारी गर्न लागेको हो।

सत्ताधारी दलले मधेसी समुदायलाई विदेशी नजरले हेर्‍योः नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने, ‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ। ‘जुन कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ।’

महतको प्रश्नः प्रधानमन्त्रीज्यू रेल गुडाउन भौतिक संरचना खैं? हल्ला मात्रै गर्ने?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले वर्तमान सरकार काममुखी भन्दा प्रचारमुखी भएको बताएका छन्। नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिन विदुरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा डा. महतले पूर्वाधारको निर्माण गरेर, नागरिकहरुको जीवनस्तर उकासेर मात्र आर्थिक प्रतिफल आउने खालको आयोजनाहरुको खाका तयार पार्नुपर्ने बताए।

गणेशमानको सम्झनामा काठमाडौंमा पदयात्रा

जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ। मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो। सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्