७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेतृत्वको मनोमानीले पार्टी कमजोरः प्रकाशमान सिंह

विराटनगर–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्वको मनोमानीले समस्या सिर्जना भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले पार्टी विधान र नियमसंगत रुपमा नभई नेतृत्वको मनोमानीका आधारमा चल्दा समस्या भइरहेको र दिनप्रतिदिन पार्टी कमजोर भइरहेको बताएका हुन्।

सिंहले पार्टी प्रजातान्त्रिक पद्दतिबाट नभई सभापतिको एकलौटी निर्णयबाट सञ्चालन भइरहेको गुनासो गरे। ‘प्रजातान्त्रिक पद्दतिबाट पार्टी चलेको छैन’ उनले भने ‘नेतृत्वको मनोमानी बढेको छ।’ तदर्थवादबाट पार्टी सञ्चालन भइरहेका कारण पार्टीमा व्यापक असन्तुष्टि देखिएको सिंहले स्पष्ट पारे।

पार्टी भित्र काखापाखा भएको गुनासो व्यापक रुपमा आइरहेको भन्दै नेतृत्वको कार्यशैलीप्रति गुनासा र असन्तुष्टि  देखिइरहेको सिंहले बताए। यति हुँदाहुँदै पनि पार्टी नेतृत्व समस्या समाधान गर्ने तर्फ नभई समस्या अझै बढाउन उद्दत रहेको सिंहले बताए। नेतृत्वकै कमजोरीका कारण पार्टीलाई संस्थागत रुपमा अघि बढाउन चुनौती देखिइरहेको सिंहको भनाई छ।

‘पार्टी नेतृत्वले पद्धति र प्रकृयालाई वास्ता नगरी जथाभाबी निर्णय गर्दा पार्टीलाई संस्थागत रुपमा अघि बढाउनै चुनौती देखिएको छ।’ पार्टीका असन्तुष्ट  जिल्ला सभापतिहरूको बैठकको निर्णयलाई  पार्टी सभापतिले ध्यान नदिए प्रकृया अनुसार आगामी कार्यक्रम तय हुने सिंहले बताए।

प्रकाशित: ३० चैत्र २०७५ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App