७ आश्विन २०८१ सोमबार
image/svg+xml

सभापतिज्यू! पार्टी कब्जा होइन कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नुस : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई एक बनाउन भागवण्डाको अन्त्य हुनुपर्ने बताएका छन्। जनआन्दोलन दिवसको अवसरमा कांग्रेस काठमाडौं ६ ले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले भने, ‘हामी पार्टीभित्र भागवण्डा चाहँदैनौं। तर सभापतिजीले नै भागवण्डाको प्रस्ताव ल्याएपछि के गर्ने?’

विभाग गठनमा किन जुटेन कांग्रेसमा सहमति

नेपाली कांग्रेसको अधिवेशन भएको तीन वर्ष बित्दासमेत पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विभाग गठनमा सहमति जुट्न सकेको छैन। सभापति देउवाले विभाग गठनमा सहमति खोज्दै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग सोमबार छलफल गरे पनि नेताहरू निष्कर्षमा पुग्न नसकेका हुन्।

देउवा–पौडेलको ६०/४० मा सिटौला कता?

भागबन्डामा सिटौलालाई कसले समेट्ने भन्ने विवाद छ। वरिष्ठ नेता पौडेलले सभापति देउवालाई सिटौला पक्ष समेट्न आग्रह गरेका छन्। तर पछिल्लो समय गठित समितिहरूमा देउवा र पौडेलको भागबन्डा हुँदा पौडेलले सिटौलालाई समेट्दै आएका कारण यसपटक पनि यस्तै गर्नुपर्ने सभापति समूहको तर्क छ।

अझै निचोरिँदै काँग्रेस

नेपाली कांग्रेसलाई अहिले पनि पार्टी प्रतिपक्षमा छ भन्ने कुराको हेक्का छैन। पार्टी कमजोर भएको छ भन्ने भावना पनि यसका नेता/कार्यकर्तामा देखिँदैन।

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाएका छन्। पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए।

‘लेनदेन’मै अल्झियो कांग्रेस

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्यो।

‘सरकार आफ्नै गतिविधिका कारण टिक्दैन’

कांग्रेस नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधिका कारण असफल हुने बताएका छन्।

कार्य सम्पादन समितिबारे कांग्रेसमा फेरि विवाद

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच कार्यसम्पादन समिति गठनलाई लिएर विवाद भएको छ। दुई पक्षबीच कार्यसम्पाद समितिमा सहभागी गराउने संख्यामा सहमति जुट्न नसक्दा शनिबारका लागि बोलाइएको बैठक अनिश्चित बन्न पुगेको छ।

सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छः नेता श्रेष्ठ

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्।  शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका हुन।

‘जनप्रतिनिधिहरु आफ्नो क्षेत्रको विकास गर्नुभन्दा पनि पैसा कमाउनतिर लागे’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहका जनप्रतिनिधिले जनताको इच्छा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। जनप्रतिनिधिले आफ्नो क्षेत्रलाई विकास गर्नको लागि काम गर्नुपर्ने भएपनि पैसा कमाउने काम गरिरहेको उनको भनाई थियो।

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नबसेरै स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन तथा केन्द्रीय विभागका संयोजक तोक्नका लागि शनिवार दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।

नेविसंघको तदर्थ समिति गठन गर्न तात्यो कांग्रेस

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका लागि पार्टीले पहल थालेको छ। दुई वर्षे कार्यकाल र थपिएको पाँच महिना सकिँदा पनि महाधिवेशन गर्न नसकेपछि दुई महिनाअघि अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ खाली रहेको थियो।

देउवाले सच्याउलान् त निर्णय?

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले बुधबार र बिहीबार दुई दिन काठमाडौंमा बैठक गरे। भेलाको पहिलो निर्णय नै सभापति देउवाले केन्द्रीय समितिबाट बहुमतले पारित गरेको निर्णय सच्याउनुपर्ने थियो।

हस्तक्षेपविरुद्ध आन्दोलन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन्। बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स एसोसिएसनको १० औं महाअघिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारको अधिनायकवादी कार्यशैली र सबै क्षेत्रलाई हस्तक्षप गर्ने नीतिविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन्।

देउवालाई फेरि विशेष महाधिवेशनको धम्की

कांग्रेस जिल्ला सभापतिहरूको भेलाले आफूहरूको सुझावलाई चैत २३ मा बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्न माग राख्दै केन्द्रीय समितिले सम्बोधन नगरे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन सुरु गर्ने चेतावनी दिएका छन्। हस्ताक्षर संकलनपछि पनि आफ्नो सुझाव नसमेटे विशेष महाधिवेशनमा जाने धम्की दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्