काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नबसेरै स्थगित भएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन तथा केन्द्रीय विभागका संयोजक तोक्नका लागि शनिवार दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।
केन्द्रीय कार्यसम्पादन समितिका लागि ९० जनाबाट २९ सदस्य छान्नुपर्ने र त्यो पनि सर्वसम्मत टुंग्याउनु पर्ने भएकाले थप छलफल गर्न बैठक स्थगित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रकाशित: २३ चैत्र २०७५ ११:३४ शनिबार