६ आश्विन २०८१ आइतबार
image/svg+xml

चोरीको मोटरसाइकलसहित पक्राउ

चोरी भएको बा७८प ४८२० नम्बरको मोटरसाइकलसहित प्रहरीले काठमाडौं बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठलाई पक्राउ गरेको छ।

सुरुङ खनी लाखौंको चोरी

देवाही गोनाही नगरपालिकामा लाखौं रुपैयाँ चोरी भएको छ। शनिबार र आइतबार राति गरी आधा दर्जनभन्दा बढी घरमा सुरुङ खनी चोरले लाखौंको सम्पत्ति लगेको स्थानीयको भनाइ छ।

चोरको बिगबिगीः दुई रातमा छ घरमा चोरी

रौतहटको देवाही गोनाही नगरपालिकामा चोरीको घटनामा वृद्धि भएको छ। अहिले यहाँका घरमा चेन काटेर चोरी गर्ने प्रवृत्ति बढेको छ। पछिल्ला दुई रातमा आधा दर्जन घरमा चोरहरुले लाखौंको सम्पत्ति चोरेको स्थानीयको भनाइ छ।

प्लाष्टिकको पेस्तोल देखाएर ६१ तोला सुन चोरी गर्ने पक्राउ

प्लाष्टिकको पेस्तोल देखाएर सुन चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प्रक्राउ गरि सार्वजनिक गरेको छ। गत चैत ६ गते सुनचाँदी बनाउने कालीगडको कोठाबाट ६१ तोला सुन चोरी गर्ने पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो।

घोरल मारेको आरोपमा ९ जना पक्राउ

पक्राउ पर्नेहरुमा डिल्लीबहादुर बुढाथोकी, कमल ओली, विजय भण्डारी, लोकबहादुर सार्की, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, लोकराज भण्डारी, रामबहादुर भण्डारी र हेमराज भण्डारी छन्

सालक जोगाउनै मुस्किल

बढ्दो चोरीसिकारका कारण दुर्लभ वन्यजन्तु सालक जोगाउन मुस्किल पर्दै जान थालेको छ। तस्करीमा संलग्नहरूले दोलखाका विभिन्न ठाउँमा पुगेर खबटा र छालाका लागि सालक खोजीखोजी मार्न थालेपछि त्यस्तो अवस्था आएको प्रहरीको भनाइ छ। प्रहरीले चार महिनाको अवधिमा दोलखाबाट मात्रै नौ किलोभन्दा बढी खबटा बरामद गरिसकेको छ।

गाडीबाटै रिचार्ज कार्ड गायब बनाउने युवा पक्राउ

खोटाङमा रिचार्ज कार्ड चोरीमा संलग्न युवा पक्राउ परेका छन्। काठमाडौंबाट खोटाङको ऐंसेलुखर्क गाउँपालिकातर्फ जाँदै गरेको जिपबाट नाटकीय ढंगले १ लाख ६५ हजार ५ सय बराबरको एनटिसी, एनसेल र डिसहोमको रिचार्ज कार्ड गायब गर्ने ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका १९ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन्।

पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी

कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्री चोरी भएका छन्। यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन्।

चोरीका मोटरसाइकलसहित पक्राउ

जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए।

चोरी बढेपछि प्रहरीमाथि दबाब

वीरगन्ज महानगरपालिका–११ स्थित नयाँ बस्तीमा शुक्रबार राति ६ घरमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा पाँच सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोशसमेत जनाएका छन्। श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखि लत्ताकपडासम्म चोरी भएको छ। ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको छ। घरका मानिस होली मनाउन गएका बेला घर छानीछानी चोरी गरेको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले तीन वर्षभित्र सो टोलका प्रायः सबै घरमा चोरी भइसके पनि प्रहरीले एउटै घटनाका दोषी समात्न नसकेको बताए।

एकै पटक ६ घरमा चोरी

वीरगन्जमा एककै रातमा एकै टोलका ६ वटा घरमा लहरैले चोरी भएको छ। श्रीपुर वाडा नम्बर ११ को नयाँ बस्तीमा शनिवार राति एकै साथ ६ घरमा चोरी भएपछि स्थानीय त्रसित छन्।

न्याय माग्न जाँदा जनप्रतिनिधि मिलेर कुटे

पसलमा भएको चोरी घटनामा गाउँपालिकाले सत्यतथ्य निकाल्न छलफल डाक्ने बतायो। उक्त छलफलको समयबारे बुझ्न गएका लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सा टोलका एक पीडितमाथि गाउँपालिकाका अध्यक्ष नै कुटपिटमा उत्रिए। चोरी भएको पसल मालिक हुन्, विष्णुदेव यादव। उनै यादवमाथि गाउँपालिका अध्यक्ष यादवले कुटेका हुन्।

लाङटाङ निकुञ्जमा फागुन १ देखि ‘महाहन्ट अप्रेसन’

लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन १ गते ‘महाहन्ट अप्रेसन’ सुरु गर्ने भएको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरीसिकार रोक्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो।

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो।

चोर समात्ने अभियानमा १ सय २४ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १ सय २४ जनालाई पक्राउ गरेको छ। परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्