६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

घोरल मारेको आरोपमा ९ जना पक्राउ

सल्यान - प्रहरीले वन्यजन्तु चोरी निकासी आरोपमा ९ जनालाई रंगेहात पक्राउ गरेको छ। समातिएकाहरु जिल्लाको शारदा नगरपालिका १४ ढारका स्थानीय भएका जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

पक्राउ पर्नेहरुमा डिल्लीबहादुर बुढाथोकी, कमल ओली, विजय भण्डारी, लोकबहादुर सार्की, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, लोकराज भण्डारी, रामबहादुर भण्डारी र हेमराज भण्डारी रहेको उनले जानकारी दिए।

घोरल मारेर भागबन्डा लगाउँदै गर्दा गोप्य सूचनाको आधारमा उनिहरुलाई एकै ठाउँबाट पक्राउ गरिएकोे डिभिजन वन कार्यालय सल्यानका निमित्त प्रमुख मेघनाथ काफ्लेले बताए। पक्राउमा परेका सबैविरुद्ध वन्यजन्तु चोरी निकासी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको उनले जानकारी दिए।

घोरल मारेको विषयमा अनुसन्धान र बयान लिने काम भइरहेको छ। अनुसन्धानको लागि वन कार्यालयका कर्मचारीहरु र प्रहरी खटिएका छन्। जिल्लामा वन्यजन्तु चोरी निकासी आरोपमा एकै पटक यति ठूलो संख्यामा पक्राउ परेको यो पहिलो घटना हो। 

 

प्रकाशित: १ वैशाख २०७६ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App