६ आश्विन २०८१ आइतबार
image/svg+xml

वन्यजन्तु चोरीको आरोपमा २ जना पक्राउ

वन्यजन्तु चोरी निकासीको आरोपमा रुकुम प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ माछमीबाट जंगली जनावर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।

मोटरसाइकल चोरी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालयले जिल्लाको मन्थली बजारमा मोटरसाइकल चोरी गरी भाग्दै गरेका दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। आइतबार विहान सदरमुकाम मन्थली बजारको मदन भण्डारी चोकबाट रोकिराखेको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका २ बस्ने १८ बर्षीय आशिष घिमिरे र १९ बर्षीय सुन्दर राणालाई नियन्त्रणमा लिएको थियो।

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

भारतबाट चोरेर ल्याएको दुई किलो सुनसहित दुई पक्राउ

भारतको कर्नाटक राज्यस्थित ब्याङ्लोरबाट सुनका गहना चोरेर आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरी भएको मध्ये २.३५८ किलो सुन र ५६८ ग्राम चाँदी कालिकोट र सुर्खेतबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

तेल चोर्नेलाई कार्वाही गरेको विरोधमा आन्दोलन

तेल चोर्ने ट्यांकरलाई कार्वाही गरेको विरोधमा पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रने भएका छन्।

इन्धन ढुवानी रोक्ने चेतावनी

नेपाल आयल निगमको विराटनगर डिपोमा डिजेल चोरी भएको घटनामा ट्यांकर चालक र डिपोका कर्मचारीलाई उन्मुक्ति दिएर व्यवसायीलाई कारबाही गरेको भन्दै ट्यांकर सञ्चालकले इन्धन ढुवानी रोक्ने चेतावनी दिएका छन्।

चोरीका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादीलाई लहान प्रहरीले मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्ने लहान सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाहीका रविन्द्र कुमार मण्डल (२६) छन्।

तेल ढुवानीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ काे तयारी

पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ।

हराएका बालक खोज्दा चोर भेटिएपछि...

बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्‍याे । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पार्‍याे । बालकलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएर सोधपुछ सुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो।

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्