६ आश्विन २०८१ आइतबार
image/svg+xml

चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी

नचिनिएका समुहले खोटाङको बिजयखर्कमा चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी गरेको छ। बुधबार राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडाकार्यालय, हुलाक कार्यालय, स्वास्थ्यचौकी र चम्पावती माविको प्रशासनिक कक्षको ढोका तोडेर नगद तथा सामान चोरी गरिएको हो।

स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ

प्रहरीले स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा शनिबार एकजनालाई पक्राउ गरेको छ। सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने रबिन थापालाई विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

६ सय उत्पादनको ट्रेडमार्क चोरी

जापानको बहुराष्ट्रिय कम्पनी क्यासिओको लोगो चोरी गरेर नेपालमा क्यासिओ जस्तै क्याल्कुलेटर बिक्री भएको भन्दै उक्त कम्पनीले उद्योग विभागमा उजुरी दर्ता गरेको छ । क्यासिओकै लोगो प्रयोग भएको क्याल्कुलेटर बिक्री भएको भेटिए पछि कम्पनी न्याय खोज्दै विभाग पुगेको हो।

चोरीका काठ ओसार्दा च्यापिएर मृत्यु

चोरीका काठ ओसार्ने क्रममा गोलियाले च्यापिएर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–७ मानिकेका २५ वर्षीय निमबहादुर बैगारको मृत्यु भएको प्रहरीले जनाएको छ।

१७ लाखका रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले लाखौं मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ।

मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका तीन जवानलाई पक्राउ गरेको छ।

चोरी आरोपमा युवक पक्राउ

चोरी गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महोत्तरी गाउँपालिका–३ का सत्यनारायण पण्डितको घरबाट एक थान साइकल, पानी तान्ने मोटर ३ थान चोरी भएको र चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका–६ बाट पिपरा गाउँपालिका–८ का २० वर्षीय बिजयकुमार दासलाई पक्राउ गरेको छ।

बोटबाटै ५० लाख बढीको रुद्राक्ष चोरी

रुद्राक्ष दानाको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको छ। भोजपुरको षडानन्द नगरपालिकाको ताबुमा २ करोड बराबरको रुद्राक्ष बोटबाटै लुटपाट भएको घटना सेलाउन नपाउँदै तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा पनि रुद्राक्ष चोरी भएको घटना बाहिरिएको छ।

प्रहरी कार्यालय अगाडिको मोबाइल पसलमा लाखौंको चोरी

ईलाका प्रहरी कर्यालय लहान अगाडिको हाम्रो मोबाइल पसलमा शुक्रबार राती चोरी भएको छ। पसलको सटर फोडेर करिब १८ लाखको मोबाइल चोरी भएको पसल सञ्चालक धनन्जय गुप्ताले जानकारी दिए।

चोरीमा एउटै गाउँका युवा

धेरैजसो अपराधिक घट्ना र चोरी–डकैती कार्यमा भिन्न–भिन्न माडगाउँठाउँमा व्यक्तिहरू संलग्न हुन्छन्। उनीहरू आपसमा नचिनेजस्तै गरी अपराधिक क्रियाकलामा तल्लीन रहन्छन्। अलगिए जसरी हिडेर गलत कार्य गर्छन्। तर, सोमबार महानगरीय प्रहरी परिसर ललितपुरले सार्वजनिक गरेको चोरीको एउटा यस्तो गिरोह छ, जसमा एउटै गाउका युवाहरू संलग्न छन्। ती युवाहरु पेसेवर रुपमै चोरी डकैतीमा लाग्दै आएको प्रहरीले प्रमाणित गरेको छ।

जाली चोर्ने दुई पक्राउ

रसुवामा जाली चोरी गर्ने दुई जना पक्राउ परेका छन् । कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

चोरी गरेको आरोपमा दुई पक्राउ

रसुवामा जाली चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङ रहेका छन्। चोरीमा संलग्न रहेका रमेश अधिकारी फरार रहेको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए। सिम्ले भोर्ले सडक खण्डको लागि बुनिएका ९ थान जाली र नबुनेको एक रोल तार उनीहरूले चोरी गरेका थिए।

घरबाट चोरी भएकी बालिकाको शव भेटियो

औरही नगरपालिका १ बाट अपरिचित व्यक्तिले चोरेर लगेको ७ महिने बालिकाको शव फेला परेको छ। औरही ७ घर भएका संतोष साहको ७ महिने छोरी सोनालीलाई आईतबार साँझ औरही १ स्थित फेन्सी पसलबाट अपरिचत व्यक्तिले चोरेर लगेको थियो।

मोटरसाइकल चोरी आरोपमा दुई पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका ३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्