७ आश्विन २०८१ सोमबार
image/svg+xml

चोर भन्दै प्रहरीद्वारा निर्दाेषमाथि निर्घात कुटपिट

सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन्।

चोरी हुने डरले दिनहुँ डोकोमा बोकेर घरमा

मन्दीरका मूर्तीहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दीरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको छ।

प्रहरी कार्यालय नजिकै रहेकाे दान पेटीका चोरी

भोजपुर बजारमा रहेकाे प्रहरी कार्यालय छेउबाटै दान पेटिका चोरी भएको छ। मुख्य बजारमा निर्माण भईरहेको पशुपति मन्दिर निमार्णमा सहयोगका लागि राखिएको दान पेटिका शनिवार राती चोरी भएको प्रहरीले जनाएको छ।

सहकारीमा पाँच लाखकाे चोरी

भरतपुर महानगरपालिका वडा नम्बर १२ को प्रभात दिदि बहिनी बचत तथा ऋण सहकारीमा चोरी भएको छ। गए राती झ्यालको ग्रिल बङ्ग्याएर सेफमा राखिएको पाँच लाख रुपैयाँ चोरी गरिएको हो।

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

सिक्री निल्नेलाई चोरी मुद्दा

सुनको सिक्री निल्ने इटहरी २ का सुरजकुमार नेपाल विरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ। नेपालले निलेको सुनको सिक्री सोमबार दिउँसो दिसामा भेटिएपछि प्रहरीले चोरी मुद्दा दर्ता गरेको हो।

सुरक्षा बचतमा असुरक्षा, ११ लाख चोरी

सुरक्षा बचत तथा ऋण सहकारी रामपुर नगरपालिका–५, मा रहेको कार्यालयबाट मंगलबार राती ११ लाख १७ हजार ३ सय ९५ रुपैयाँ चोरी भएको सहकारीले जनाएको छ।

स्कुटर चोरी गर्दा गर्दै पक्राउ

स्कुटर चोरी गर्दा गर्दै प्रहरीले शंखमुलबाट दुई जनालाई पक्राउ गरेको छ। ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा-४ घर भएका १८ वर्षिय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षिय उत्तमराज बिष्टलाई स्कुटर चोरी गरिरेहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको हो।

वार्षिक ६८ करोडको इन्धन चोरी

विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ।

चोरी र बक्यौता असूलीमा सक्रिय बन्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले बिजुली ग्राहकहरु र लामो समयसम्म बक्यौता नतिर्नेहरु उपर कारबाही तीव्र पारेको छ ।

बाटोबाटै तेल चोरी भएको भन्दै पम्प सञ्चालक प्रशासनमा

नेपालगञ्ज डिपोबाट जिल्लाका विभिन्न स्थानमा आउने पेट्रोलबीच बाटोबाटै हराउन थालेको छ। डिपोले पठाएको पट्रोलीयम पदार्थ बीचबाटोबाटै हराउने वा कम आउने गरेपछि जिल्लाका पेट्रोलपम्प सञ्चालकहरुले छानविनको माग गर्दै प्रशासन समक्ष पु्गेका छन्।

चोरीका गहना र नगदसहित तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन्।

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ।

महिनामा अर्बको बिजुली चोरी

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार नागरिकलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्