७ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्युत् चोरी नियन्त्रण गर्न गृहमन्त्री र उर्जामन्त्री एकजुट, विशेष अभियान चलाइने

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो।

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ।

बुद्धको मुर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ।

साथीको सामान चोरी गर्ने पक्राउ

प्रहरीले सँंगै कोठमा बस्ने साथीको सामान चोरी गर्ने एकजनालाई बिहीबार पक्राउ गरेको छ। विहान अन्दाजी साढे दुई बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा राधेराधेबाट झापा जिल्ला घर भई हाल मध्यपुर थिमि बस्ने १७ वर्षीय पवन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई अाइतबार पक्राउ गरेको हो।

कापीकलमका लागि नेताले दिइएको रकम चोरी

‘म अभागीको कर्मै खोटो हजुर।। गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार उनी सुतेको फुटपाथबाटै चोरिएपछि रहिशालार्इ सम्हाल्न गाह्रो परेकाे बताउँदै भनिन्, “मेरो सात वर्षकी छोरीको खुशी तीन चोरलाई सह्य भएनछ।”

चोरीधन्दामा संलग्न फुटबलर श्रेष्ठसहित २ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीधन्दामा संलग्न फुटबलरलाई पक्राउ गरेको छ। केही समयअघि म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टिमका कप्तानसहित केही खेलाडीमाथि मुद्दा चलेको घटना सेलाउन नपाउँदै प्रहरीले चोरी धन्दामा संलग्न भएको आरोपमा ए डिभिजनको सरस्वती क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई विहीबार कपनबाट पक्राउ गरेको हो।

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

उदयपुर सदरमुकामस्थित त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था) को पाईप चोरी आरोपमा संस्थाकै अध्यक्ष पक्राउ परेका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका १० बाबरीस्थित खानेपानी आयोजनाको प्रशोधन केन्द्रस्थित गोदाममा राखिएको पाइप २ जना कामदार लगाएर चोरेको अभियोगमा पक्राउ परेकाको बयानका आधारमा समितिका अध्यक्ष शंकर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ। काठमाडौंको महांकालस्थित स्थापितको घरबाट शुक्रबार आठ–नौ तोला सुनको गहना चोरी भएको बताइएको छ।

गीत चोरी प्रकरण : ‘दोषी’कै ठूलो स्वर !

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो– ‘कृ’मा उनको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरियो।’

चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन

दुर्लभ वन्यजन्तु तथा वनस्पति सहितका जैविक विविधताले भरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा चोरी शिकारी नियन्त्रणका लागि‘स्विप अप्रेसन’सञ्चालन गरिएको छ। वन्यजन्तुको चोरी शिकारी तथा अपराध नियन्त्रण सम्बन्धी अभियानलाई स्विप अप्रेसन नाम दिइएको हो।

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

सदरमुकाममै पटक–पटक चोरी

खोटाङ सदरमुकाम दिक्तेलमा श्रृंखलाबद्ध चोरीका घट्ना बढेको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेको बीचमा रहेका दिक्तेलबजारमा गत साउन यता चार पटक चोरीका घट्ना भइसकेका छन्।

खप्तड मेडिकलमा चोरी

खप्तड मेडिकलमा मंगलबार राती चोरी भएको छ। मेडिकल बन्द रहेको अवस्थामा मध्यरात चोरी भएको मेडिकलमा कार्यरत अनमी राजेश्वरी बुढाले बताएकी छिन्। चोरी राती १२ बजेपछि भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्