७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘सेप अफ वाटर’लाई चोरीको आरोप

संघारमा रहेको ९० औं अस्कर अवार्डमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको ‘सेप अफ वाटर’लाई चोरीको आरोप लागेको छ । पुलित्जर पुरस्कार विजेता लेखक पल जिन्दलको परिवारले निर्देशक गुलिमोरो डेल टोरालाई चोरीको आरोप लगाएका हुन् । पलका छोरा डेभिड जिन्दलले निर्देशक डेल टोरो र निर्माता फक्स सर्चलाइटलाई प्रतिवादी बनाउँदै प्रतिलिपी अधिकार हननको मुद्दा हालेका छन् ।

चोरीका मोटरसाइकल किन्दै प्रहरी

मोटरसाइकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न हुनेहरू पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेको छ । चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो ।

विद्युत चोरी गर्नेबाट दुई लाख असुली

नेपाल विद्युत प्राधिकरणको कलैया वितरण शाखाले हुकिङ्ग प्रयोग गरी विद्युत चोरी गर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ।

‘चोरीका मोटरसाईकल किन्दै प्रहरी’

मोटरसाईकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न अभियुक्त पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ती निकालेको छ। चोरी कार्यमा संलग्न अभियुक्तलाई सप्रमाण नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाईकल किन्न सूरु गरेको हो।

प्रहरीकै आँगनमा पसल चोरी

जाजरकोटमा प्रहरी चौकी नजिकै ३० मिटरको दुरीमा रहेका ३ वटा पसलमा चोरी भएको छ। प्रहरीको लापरवाहीका कारण ती पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन्।

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट

संयुक्त अधिराज्य अमेरिकामा प्रदर्शनमा राखिएको चिनियाँ टेर्राकोट्टा योद्धाको मुर्तीको बुढी औंला चोरी भएको भन्दै चीन रुष्ट भएको छ । फिलादेफेलियास्थित फ्रयांकलीन इन्सिच्युटले भाडामा लिएको १० वटा मुर्तीमध्ये करिब ४५ लाख डलर बराबरको दुई हजार वर्ष पुरानो मुर्तीको बुढी औंला चोरी गरेको आरोप लागेका एक व्यक्तिविरुद्ध कडा सजाय दिन मागसमेत गरिएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

चोरी हुन थाल्यो कमल

सिस्ने गाउँपालिका वडा नं. ५ मा रहेको कमल दहमा पाइने कमल चोरी हुन थालेको छ। सरोकारवाला निकायको उदासिनताका कारण कमल चोरी हुन थालेको हो।

विद्युत् चोरीमा संलग्न नौ पक्राउ

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन्।

पत्रकार भेषमा पाँचतारे होटलमा चोरी

ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

विद्युत चोरी गर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’

नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ ।

उदयपुरका ३ पसलमा चोरी

जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ।

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर र रत्नबहादुर चोरी आरोपमा पक्राउ

भक्तपुर सुर्यबिनायक नगरपालिका–८ मा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गणेश चोक डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट माघ १० गते पेस्तोल खुकुरी देखाई लुटपाट गर्ने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

जडीबुटी चोरी–निकासी बढ्यो

जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्