४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘चोरीका मोटरसाईकल किन्दै प्रहरी’

सर्लाही- मोटरसाईकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न अभियुक्त पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ती निकालेको छ। चोरी कार्यमा संलग्न अभियुक्तलाई सप्रमाण नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाईकल किन्न सूरु गरेको हो।

       केही दिनअघि ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले रौतहट प्रहरीको सहयोगमा सर्लाहीको मिलनचोक स्थित जीवन गैरेको घरमै राखेको ना. ४८ प ४३८३ नम्बरको पल्सर मोटरसाईकल किन्ने बहानामा नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाईकल बेच्न खोजेका चन्द्रपुर नगरपालिका–८ बस्ने अनुकेश कुमार चौधरीलाई प्रहरी किन्ने बहानामा नियन्त्रणमा लिएको थियो।

‘विशेष सुराकीका आधारमा उक्तचोरीको मोटरसाईकल रौतहटमा विक्रीमा छ भन्ने थाहा पायौं’, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले भने, ‘रौतहट प्रहरीको सहयोगमा सिविलमा टोली खटाएर ५० हजार रुपैंया मुल्य राखिएको उक्त मोटरसाईकल १५ हजार वैनादिएर हरिवन ल्यायौं ।’ बाँकी रकम हरिवनमा दिने भन्दै अभियुक्त चौधरीलाई समेत सँगै ल्याई नियन्त्रणमा लिएर कानूनी कारबाही अगाडी बढाईएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

अभियुक्त चौधरी जिल्ला अदालत सर्लाहीको आदेश अनुसार १ लाख २५ हजार धरौटीमा छुटेका छन् । प्रहरीले धनी जीवन गैरेलाई चोरी भएको मोटरसाईकल उपलब्ध गराईसकेको छ । ‘जे होस् प्रहरीले चोरी भएको मोटरसाईकल फिर्ता गराईदियो’, गैरेले नागरिकसँग भने, ‘उहाँहरुको अथक प्रयासको कदर गर्दछु ।’ चोरीका घटना निरन्तर बढेपछि चोरीमा संलग्नलाई नियन्त्रणमा लिनका लागि मोटरसाईकल किन्ने नयाँ जुक्ति अपनाएको प्रहरीको भनाई छ।

त्यस्तै गतफागुन ५ गते राती हरिवन नगरपालिका–३ निवासी बमबहादुर मोक्तानको घरबाटै चोरी भएको ज. २ प २४३९ नम्बरको पल्सर मोटरसाईकल आईतबार हरिवन प्रहरीले स्थानीय उखुबारीमा लुकाएर राखेको अवस्थामा बरामद् गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा स्थानीय १५ वर्षीय राजेश महतो, १४ वर्षीय श्रीकान्तकुमार र १६ वर्षीय मनिष महतोलाई पक्राउ गरी चोरी मुद्धामा कारबाही प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

४ महिना यता पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट हराएका७ वटा मोटरसाईकल मध्ये ५ वटा फेला परिसकेको हरिवन प्रहरीले जनाएको छ । फेला परेकामध्ये ४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाई सकिएको र एउटा मोटरसाईकल अदालती मुद्दा प्रकृयामा रहेको थापाले जानकारी दिए।

विगतमा चोरीका मोटरसाईकलमात्र फेला पर्ने तर चोरीमा संलग्न अभियुक्त पक्राउ नपर्ने प्रचलन विपरित हरिवन प्रहरीले ४ महिना यता चोरीको मोटरसाईकल सहित ६जनालाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाएको छ। चोरीको आरोपमा पक्राउ परी कारबाही प्रकृया अगाडी बढाईएका अभियुक्त मध्ये हरिवन–११ निवासी इनुस साहफकिर ३५ हजार र हरिवन–८ बस्ने धनबहादुर भूजेल १५ हजार ५०० रुपैंया धरौटीमा जिल्ला अदालतको आदेश अनुसार छुटेका छन् । अन्य ३ जना विरुद्ध मुद्धा प्रकृया जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७४ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App