पोखरा महानगरको लापरबाही: बर्थिङ सेन्टरको उपकरण अलपत्र
पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।
पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।
निजी क्षेत्रको वायुसेवा कम्पनि गुण एयरलाइन्सले पोखराबाट थप तीनवटा सहरसम्म एकैपटक सिधा हवाई उडान सुरु गर्ने भएको छ। पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जसम्म दैनिक उडान गर्ने तयारी गुणको छ। उडान थपिएसँगै ती क्षेत्रका यात्रुलाई आउजाउमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ।
बाक्लो हुस्सुले बिहानदेखि रोकिएको पोखराको हवाई उडान बल्ल सुरु भएको छ। पोखरा विमानस्थल मध्यान्ह १२ बजेपछिमात्र खुलेको हो।
पोखरा महानगरपालिकाका कर्मचारीहरुले आफूहरुको वृत्तिविकास र स्थायित्वको ग्यारेन्टी गर्न माग गरेका छन्।
कोरोना भाइरस संक्रमण कमजोर भएपछि पर्यटनमा सुधार आउने अपेक्षा सहित पर्यटन व्यवसायीले बजारीकरण थालेका छन्। त्यसको सुरुवात पोखरा र बंगलादेशका पर्यटन व्यवसायीबीचको व्यवसायिक छलफल (बीटुबी) बाट सुरु भएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
हरिबोधनी एकादशीका अवसरमा पोखरा रामघाटस्थित सेतीनदी किनारमा सोमबार फूल तार्न ठुलो संख्यामा ब्रतालु पुगेका थिए। एकादशीमा सेतीनदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।
दिनहुँ सयौं विदेशी र स्वदेशी पाहुना आउजाउ गर्ने पोखराको पर्यटक बसपार्कको अवस्था कन्तविजोग छ। अधुरै अवस्थामा संचालनमा आएको यो बसपार्कले पोखराको सौन्दर्यतालाई गिज्याइँरहेको यहाँका व्यवसायी बताउँछन्।
पोखरामा खानेपानी समस्या समाधान गर्न नेपाल खानेपानी संस्थान पोखराले दीर्घकालीन गुरुयोजना अघि सारेको छ। संस्थानले महानगरका ३३ वटै वडालाई लक्षित गरी ‘मादी खानेपानी गुरुयोजना’ अघि सारेको छ। योजनालाई नेपाल खानेपानी संस्थान तथा खानेपानी मन्त्रालयले पनि चासो दिएको छ।
कोरोना संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रलाई एकाएक माथि उकास्ने गरि यो पटक चाँडबाँडमा आन्तरिक पाहुना पोखरा आएको यहाँका पर्यटन व्यवसायीको भनाई छ। व्यवसायीले कोरोनाको मार सुरु भएको झन्डै बिस महिने अवधिमा सबैभन्दा बढी पाहुना यहीबेला पाएको बताएका छन्।
कात्तिक पहिलो साताको वर्षाले तराईतिर धमाधम धान डुबाउन थाल्दा पोखरा क्षेत्रमा भने धान पाकेको पनि थिएन। यहाँ बल्ल धान पाकेर भित्र्याउने चटारो सुरु भएको छ।
दुई वर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिँदैछन्। नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ।
तिहार घरआँगनमै आइपुगेको संकेत झकिझकाउ सजिएको पोखराको बजारले देखाएको छ। तिहारको झिलिमिलीले गर्दा पोखरा अरुबेला भन्दा झनै बढी आकर्षक बनेको छ। पोखरा यतिबेला रातभर झकिझकाउ देखिन्छ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीनवर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा शतप्रतिशत वृद्धि गरेको छ।