६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिन अर्थमन्त्रालय असहमत

सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो।

पोखराको महेन्द्रपुलमा ट्राफिक लाईट राख्ने तयारी

पोखराको महेन्द्रपुलमा ट्राफिक लाईट राखिने भएको छ। पोखरा महानगरपालिकाले पोखराको ब्यस्त चोक मध्येको एक महेन्द्रपुलमा ट्राफिक लाईट राख्ने तयारी गरेको हो।

उपत्यकाको ट्राफिक व्यवस्थापन: यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ।

तीनकुनेको खाली जग्गामा गुर्जो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ ।

एमएडब्लू फाउन्डेसनबाट ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क

कोभिड–१९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।

दुर्घटना कम गर्न ‘डमी’ ट्राफिक

कोरोना महामारीका कारण सडकमा खटिने ट्राफिक प्रहरी क्वारेन्टिनमा र आइसोलेसनमा बस्नुपर्दा दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ उपाय कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका साथै दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका सडकमा ट्राफिक प्रहरी जस्तै देखिने २२ वटा ‘डमी’ बनाएर राखिएको छ।

छवि सुधार्न ट्राफिक प्रहरीले सुरु गर्‍यो 'नमस्ते अभियान'

ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा नमस्ते अभियान सञ्चालन गरेको छ। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशका ११ वटै जिल्लामा नमस्ते अभियान सञ्चालन गरेको हो।

ट्राफिक मुख्यालय सिल, प्रमुखसहित तीन सय बढी प्रहरी क्वारेन्टिनमा

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।

ट्राफिक कार्यालय बसेको जग्गामा टिकट काउन्टर बनाउन माग

जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको जग्गामा पार्कलगायत बनाउन स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको साविक ट्राफिक कार्यालय नयाँबजार सर्ने भएपछि तत्कालिन जग्गादाताका परिवार तथा स्थानीयले सो कार्यालय रहेको जग्गामा पार्क, पर्यटन सूचना केन्द्र र टिकट काउन्टर बनाउन माग गरेका हुन् ।

उदयपुरमा ट्राफिक राजश्व १ करोड बढी

उदयपुर ट्राफिक प्रहरीले एकवर्षमा१ करोड बढी राजश्व संकलन गरेको छ। आर्थिक वर्ष ०७६÷७७ को साउनदेखि असार मसान्तसम्म नियम उल्लंघन गर्ने सवारी साधन र चालकबाट १ करोड ९४ हजार रुपैंया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी उदयपुरले जनाएको छ।

सवारीसाधन गुडेपछि बढ्यो चहलपहल

सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले पुर्यो सडकका खाल्डा

घोराही तुलसीपुर सडक खण्डका विभिन्न स्थानमा सडक उप्किएर जिर्ण बनेपछि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुरेको छ । पिच उप्किएर सडकमा ठूल्ठूला खाल्डा परेपछि दुर्घटनाको उच्च जोखिम बढेको थियो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुर्न सुरु गरेको हो । काम थालेको हो । प्रहरीले सडकका खाल्डाहरूमा ग्राबेल बिछ्याएको छ ।

लकडाउनमा बन्द भएका ट्राफिक लाईट सञ्चालनमा

नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंको ट्राफिक लाईट संचालनमा आएको छ । नेपाल सरकारले गरेको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक लाईटहरूलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्