४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराको महेन्द्रपुलमा ट्राफिक लाईट राख्ने तयारी

पोखरा महेन्द्रपुलमा राख्ने भनिएको ट्राफिक लाईटको डिजाईन ।

पोखराको महेन्द्रपुलमा ट्राफिक लाईट राखिने भएको छ। पोखरा महानगरपालिकाले पोखराको ब्यस्त चोक मध्येको एक महेन्द्रपुलमा ट्राफिक लाईट राख्ने तयारी गरेको हो।

महानगरले २ महिनाभित्रै ट्राफिक लाईट राखिसक्ने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए। उनले भने,‘टेण्डर भइसकेको छ, अबको २ महिनामा महेन्द्रपुलमा ट्राफिक लाईट राखिसक्छौं।’

ट्राफिक लाईट राख्नका लागि १९ लाखमा निर्माण कम्पनी बिफ्रेण्ड कन्स्ट्रक्सनसँग सम्झौता भइसकेको महानगर प्रमुख जिसीले जानकारी दिए। पोखरा महानगरपालिका र सडक विभागको संयुक्त अध्ययनमा पोखराको कुनै एउटा चोकमा ट्राफिक लाईट राख्नका लागि २ करोड ५७ लाख लाग्ने देखिएको थियो। तर खैरेनीटारका दीपक पौडेलको बिफ्रेण्ड कन्स्ट्रक्सन प्रालिले भ्याटसहित १९ लाखमै ट्राफिक लाईट जडान गर्नेगरी सम्झौता गरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका पूर्व स्वकीय सचिव लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए।

पोखरा महेन्द्रपुलको ट्राफिक लाईट सफल भएमा पोखराका अन्य चोकहरुमापनि ट्राफिक लाईट राखिने महानगर प्रमुख जिसीले बताए। महेन्द्रपुलमा ट्रायलका रुपमा ट्राफिक लाईट राख्दैछौं,‘उनले भने,‘यो सफल भएमा चाँडै अन्य चोकहरुमापनि राख्छौं।’

पोखरामा पहिलो पटक ट्राफिक लाईट राखिएको भने होईन। तत्कालिन पोखरा उपमहानगरपालिकाका मेयर कृष्ण थापाको विशेष पहलमा पोखरा कमर्सियल अटो पार्किङ (पिक्याप)ले २०५६ सालमा ट्राफिक लाईट राखिएको थियो। तर त्यो ट्राफिक लाईट २०६२/६३ को आन्दोलनताका तोडफोड भएपछि मर्मतसम्भारको अभावमा त्यसैर बिग्रेर गएको थियो।

प्रकाशित: २१ कार्तिक २०७७ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App